अत्तरिया -मनोनयन फिर्ता लिने समय एक दिन बाँकी रहँदा गोदावरीमा गठबन्धनका दलहरु बिच अझै सहमती हुन सकेको छैन । काँग्रेसले उपमेयर छोडेर सबै वडामा उम्मेदवारी दिएको छ । उसले कुनै पनि वडामा परेको उम्मेदवारी फिर्ता नलिने बताएको छ ।
काँग्रेस क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकाया कुनै पनि वडामा आफ्नो उम्मेदवारलाई फिर्ता नगराउने पक्षमा छन । उनले बुधबारको पार्टी बैठकमा पनि सभापती शेर बहादुर देउबाले भने पनि आफुले फिर्ता गराउन नसक्ने बताएको कांग्रेस निकट स्रोतले बतायो ।
काँग्रेसका एक नेताले भने- 'केन्द्र प्रदेशमा तालमेल गर्ने कुरो नै छ ,धेरै जिल्लामा भईसकेको छ तर यँहाका साथीहरुले मानिरहनु भएको छैन । तर पनि अन्तिम आवरमा गठबन्धन नै हुन्छ होला ।' काँग्रेस भित्र वडामा मनोनयन गरेका उम्मेदवार लाई फिर्ता दिन दबाब गरे स्थिती झनै प्रतिकुल हुने काँग्रेसका यँहाका अगुवा नेताहरुको भनाई रहेको छ ।
नेकपा माओबादी र एकिकृत समाजबादी भने गठबन्धन गर्नुपर्ने पक्षमा रहेका छन । उनिहरु काँग्रेसको जबाब कुरेर बसेका छन । माओबादीका नेता मेघराज भट्टले गोदावरीमा कांग्रेस गठबन्धनको लागी इच्छुक नरहेको बताए । 'हामीले आज कुरा गर्यौ तर कांग्रेसका क्षेत्रिय सभापती ले मेरो लेभलबाट उम्मेदवारको मनोनयन फिर्ता गराउन नसक्ने हामीलाई भने । हामी पनि हाम्रो नेताहरु सँग छलफल गर्दै छौं,' भट्टले भने ,'गठबन्धनको अनिर्णयले प्रचार को काम रोकिएको छ । गठबन्धन नगर्ने भए हामी हाम्रा वडाका उम्मेदवार जिताउन तिर लाग्छौं । तर छलफल जारी छ यँहाबाट सम्भब नभए जिल्ला बाट नै प्रदेश केन्द्रले नै सहमती गराउँछौ होला ।'
गोदावरीमा गठबन्धनको सहमती अनुसार मेयर सहित ५ वडा काँग्रेस , उपमेयर सहित २ वडा समाजबादी र १ वडा काँग्रेसको भागमा परेको छ । एमाले ले जितेका ४ वडा के गर्ने भन्ने बिषयमा छलफल नै भएको छैन । माओबादीले थप २ वडा मा दाबी गर्ने भएको छ ।
समाजबादीले पनि थप एक वडा मा दाबी गर्न सक्ने सम्भाबना पनि उत्तिकै रहेको छ । तर काँग्रेसको यँहाको नेत्रित्व त्यो दिन तयार नभएको नेताहरुएल बताएका छन । काँग्रेसका वडा अध्यक्षमा मनोनयन गरेका उम्मेदवारहरु पनि फिर्ता नलिने पक्षमा दबाब दिइरहेका छन ।