अत्तरिया - कैलालीको गोदावरी मा गठबन्धन नगर्ने नेपाली काङ्ग्रेस ले संकेत गरेको छ । सोमबार काङ्ग्रेस ले उपमेयर बाहेक सबै वडा मा वडा अध्यक्ष सहित उम्मेदवारी मनोनयन गरेको छ । कांग्रेस संगै गठबन्धनमा रहेका एकीकृत समाजबादी र माओवादी ले भने गठबंधन गर्ने तर्क सहित केही वडा अध्यक्ष मा मात्रै उम्मेदवारी दिएको छ ।
एकीकृत समाजबादीले उपमेयर मा उम्मेदवारी दिएको छ । त्य्स्तै उसले वडा नम्बर ३,५ र ११ मा उम्मेदवारी दिएको छ । यस्तै माओवादी केन्द्रले पनि वडा नम्बर १,२,९ र अन्य केही वडा मा उम्मेदवारी दिएको छ । उनिहरुले सबै पार्टी का प्रदेश नेताहरू को सहमति अनुसार नै गठबन्धन हुने आंकलन गरेर केही वडामा मात्रै उम्मेदवारी दिएका हुन । कांग्रेस का क्षेत्रीय सभापति वसन्त रोकाया गठबन्धन गर्ने पक्षमा नरहेको बुझिएको छ । उनले आज बिहान पनि नेताहरु संग को बसाई मा कुनै हालत मा गठबन्धन गर्न नहुने बताएको एक नेताले बताए ।
कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिब जयराज फुलाराले अहिले नै निर्णय केही नभएको बताए । 'भोलि सबैलाई बोलाएका छौं, छ्लफल गरेर अगाडी बढछौ,' उनले भने ,'गठबन्धन गर्ने भनेर प्रदेश मा एक लेभल को सहमति भैसकेको छ । पार्टी कै नीति अनुसार हामी चल्ने हो । अरु कुरो भोलि थाहा हुन्छ ।'
यस्तै काँग्रेस भित्र को दुई लाईन संघर्ष पनि जारी रहेको छ । वडा को टिकट बितरण मा एकलौटी गरिएको भन्दै काँग्रेस को अधिबेशन मा पराजित भएको समूह को असन्तुष्टि कायमै रहेको छ । उक्त समुह ले वडा अध्यक्ष को टिकट बितरण मा समान हिस्सा खोजेको छ ।
काँग्रेस नेता सुरत कार्की ले पार्टी को नीति अनुसार गठबन्धन हुनुपर्ने बताए । उनले भने - 'केन्द्रिय नीति अनुसार देशभर गठबन्धन छ , यहाँ गठबन्धन हुँदैन भनेर हुन्छ । पार्टी नीति अनुसार गठबन्धन गर्नुपर्दछ ।'कार्की ले पार्टी भित्र को एकता बलियो बनाउन नेतृत्व मा रहेकाहरुले यो बेला भुमिका खेल्नुपर्ने बताए । वडा को टिकट बितरण मा सबै को अपनत्व हुने गरि उम्मेदवार बनाउनुपर्ने गरि छलफल भैरहेको बताए ।