धनगढी - बैशाख ३० गते हुने स्थानिय निकायको निर्बाचनमा नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रण बहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।
उनले मेयरको लागी सोमबार मनोनयन दर्ता गरेका छन । सरल र स्वच्छ छबी बनाएका चन्द एमालेको समकालिन नेताहरुमा अहिले सम्म कुनै लाभको पदमा बसेका छैनन् । एमालेको धनगढीमा राम्रो संगठन पनि रहेको छ । उनी एमाले भित्र राम्रो संगठन भएको नेताको रुपमा पनि परिचित मानिन्छन् ।
एमालेको कैलाली अधिबेशनमा अध्यक्ष पदको लागी झिनो मतले पराजित भएका थिए । धनगढीको मेयर काँग्रेस को तर्फबाट बलियो उम्मेदवार निर्प ओड र स्वतन्त्र उम्मेदवार गोपाल हमाल संग उनको प्रतिष्पर्धा हुने बुझिएको छ ।
चन्दलाई जिताउन एमाले सचिब एबम नेकपा एमाले सुदुरपश्चिमका इन्चार्ज लेखराज भट्ट पनि गृहकार्यमा जुटेका छन् । भट्टको पनि धनगढीका मतदातामा बलियो पकड रहँदै आएको छ । भट्टले धनगढीका मतदातामा सम्पर्क बढाउन शुरु गरिसकेका छन् ।
यस्तै एमाले कैलालीका इन्चार्ज नारदमुनी राना पनि चन्दलाई जिताउने गरी नै योजना बनाइरहेको स्रोतले बताए । धनगढी राना को गृह निर्बाचन क्षेत्र पनि हो । संघिय निर्बाचनमा रानाले काँग्रेस नेत्री आरजु देउबालाई पराजित गरेका थिए ।
धनगढी उपमहानगरपालिकामा राना सामुदायका ठुलो सँख्यामा मतदाता रहेका छन् । एमालेबाट छुट्टिएर समाजबादी बनेको पार्टीमा पनि चन्दको राम्रो समन्ध रहेको बुझिएको छ । चन्दले मनोनयन दर्ता गरे सँगै मतदाता सँग भेटघाट तिब्र परेका छन् ।
को हुन चन्द ?
२०३६ सालमा बैतडीको तत्कालिन सलेना गाबिस ८ अर्थात अहिलेको मेलौली नगरपालिका वडा नम्बर ३ मा जन्मेका चन्द शालिन स्वभावका इमान्दार नेताका रुपमा परिचित छन् । कक्षा ७ सम्म जन्मभुमी बैतडीमै अध्यायन गरेका चन्दले कक्षा ८ बाट धनगढीमा पढाई शुरु गरेका हुन् । धनगढीको पञ्चोदया माध्यमिक बिद्यालयबाट प्रमाणपत्र तह पास गरेका चन्दले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह सम्मको अध्यायन गरेका छन् ।
२०४८ सालमै राजनितिमा लागेका चन्द २०५० सालमा स्कुल इकाई सचिव बनेर पार्टीमा संगठित बनेका थिए । त्यसपछि कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष बनेका चन्द अनेरास्वबियु कैलालीका सचिव बनेका थिए । त्यसपछि सेती अञ्चल सदस्य हुँदै केन्द्रिय सदस्यसम्म पुगे । बिद्यार्थी राजनिति संगै पार्टीको राजनिति शुरु गरेका चन्दले पार्टीको धनगढी नगर सदस्य, उप सचिव, दुई कार्यकाल सचिवको कार्यभार सफलता पुर्वक सम्हाले । त्यसपछि कैलाली जिल्ला कमिटि सदस्य धनगढी ईन्चार्ज हुँदै पार्टी जिल्ला कमिटि कैलालीको ७ बर्ष सचिवको जिम्मेवारी निभाए ।