अत्तरिया - बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि ११ र १२ गते मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले छुट्याएको छ । गोदावरीमा निर्वाचन अधिकृत को कार्यालयले बारेमा शनिबार छलफल गरेको छ । निर्वाचन अधिकृत को कार्यालयले सर्बदलिय छलफलका क्रममा दलहरुसंग मनोनयनको समय माग गरेका थिए ।
दलहरूले पनि आ आफ्नो अनुकुल को समय दिएका छन् । मनोनयन गर्दा भिडभाड नहोस् भनेर दलहरु संग अलग अलग समय मागिएको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए । मनोनयन दर्ता गर्ने क्रममा आचार संहिता को पुर्ण पालना गर्न निर्वाचन आयोगले अनुरोध समेत गरेको छ । निर्वाचन अधिकृतको कार्यालय र दलहरु बिच भएको मनोनयन गर्ने समय को सहमति यस्तो छ ।
मनोनयन गर्ने समय तालिका
बिबेकशिल साझा पार्टी - बैशाख ११ गते दिउँसो २ बजे,
नेपाल लोकतान्त्रिक पार्टी-बैशाख ११ गते मध्याह्न १२ बजे
नेकपा( एमाले) - बैशाख १२ गते दिउँसो १ बजे
नेपाली काँग्रेस - बैशाख १२ गते दिउँसो ३ बजे
नेकपा (एकीकृत समाजबादी) -बैशाख १२ गते दिउँसो २ बजे
नेकपा (माओवादी)-बैशाख १२ गते दिउँसो ४ बजे
राष्ट्रिय जनमोर्चा - बैशाख १२ गते मध्यान्ह १२ बजे
राष्ट्रिय प्रजातन्त्र पार्टी - बैशाख १२ गते बिहान ११ बजे