बैतडी - जिल्लाका ८ वटा पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीका अनुसार डिलाशैनी र सिगास गाउँपालिका बाहेकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाइसकिएको हो।
कुन कुन पालिकामा एमालेले उम्मेदवारको नाम टुंगो लाग्यो त ?
पञ्चेश्वर गाउँपालिका
अध्यक्ष गोरखबहादुर चन्द
उपाध्यक्ष बीना भट्ट
शिवनाथ गाउँपालिका
अध्यक्ष हजारी साउँद
उपाध्यक्ष शकुन्तला साउँद
मेलौली नगरपालिका
नगर प्रमुख जगदिश नायक
पाटन नगरपालिका
मेयर नारायण भण्डारी
उप मेयर हरु भट्ट (हरिना)
दशरथचन्द नगरपालिका
मेयर पुष्करराज जोशी (लख्खाभाइ)
उप मेयर सरस्वती नेपाली
पुर्चौंडी नगरपालिका
नगर प्रमुख कर्णबहादुर कुँवर
उप प्रमुख जानकी साउँद
दोगडाकेदार गाउँपालिका
अध्यक्ष चक्र कार्की
दोगडाकेदार गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार टुंग्याएको छैन।मेलौली नगरपालिकाको उप प्रमुख पदका उम्मेदवारको टुंगो लागे पनि नाम भने सार्वजनिक गरेको छैन। सुर्नया गाउँपालिकाको अध्यक्षमा अम्मर कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले उपाध्यक्ष पद राप्रपालाई दिएर चुनावी तालमेल गर्ने तयारी गरेको छ।