धनगढी -नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न चुनावमा कैलालीमा २०६४ सालको अबस्थामा माओबादीलाई फर्काउने बताएका छन् । उनले कैलालीको मुसुरियामा आयोजित कार्यकर्मलाई सम्बोधन गर्दै माओबादी भित्र एकता र धुर्बीकरणको सन्देश कैलालीबाट शुरु भएको जिकिर गरे ।
'२०६४ सालको को चुनावमा माओबादीले ५ वटै निर्बाचन क्षेत्र जितेको थियो । अब त्यही अबस्थामा फर्काउनु पर्दछ त्यो सम्भब छ,'उनले भने ।
'मैले प्रधानमन्त्री हुँदा सबै भन्दा बढी यही प्रदेशमा भ्रमण गरेको थियो । त्यो बेला मैले भनेको थिए सुदुरपश्चिममा मेरो सपना पुरा भएका छैनन्। यसलाई पुरै उठाएर छोडने भनेको थिए,' उनले भने,' त्यो बेला यँहा धेरै काम पनि भएका थिए । विश्वबिधालयको स्थापना , शुख्खा बन्दरगाहा, मध्य पश्चिम लोकमार्ग लगाएतका धेरै काम भएका थिए ।'
उनले भने-'शान्ती सम्झौता गर्दा, संबिधान सभाबाट संबिधान बनाउने कुरा गर्दा पनि होला र भन्नेहरु थिए । तर ति सबै कामहरु हामीले गर्यौ । अहिले पनि गठबन्धन होला र भन्नेहरु थिए । तर हिजोबाट महानगर र उपमहानगर मा गठबन्धन भएपछि अब सबै भ्रमहरु हटेका छन् ।'
उनले २०६४ मा माओबादी ठुलो दल भएपछि जितलाई पचाउन नसकिएको स्विकार गरे । '२०६४ मा हामीले चुनाव जित्यौ र हामीले धर्तीबाट खुट्टा छोड्यौ। हामी सबै बिग्रियौ, जितलाई पचाउन सकेनौ ।अर्को अर्थमा भन्ने हो भने हामीलाई पाखला लाग्यो,' उनले भने.' त्यसपछि केही साथीहरु प्रचण्डले पार्टी बिगार्यो भन्दै क्रान्ती गर्न पनि हिँडे। गिरिजा प्रसाद कोईरालालाई राष्ट्रपती बनाउन पनी दिएनन् । प्रधानसेनापती रुकमाङ कटुवाललाई पनि फाल्नु पर्दछ भनेर मलाई उचाले । त्यसको परिणामा देशले धेरै बर्ष सम्म भोगी नै रह्यो ।'
उनले एमसीसी प्रकरणमा पनि पार्टी भित्र नै उचाल्ने काम भएपनी आफुले माओबादीलाई बचाउन कठोर निर्णय लिएको बताए । अध्यक्ष प्रचण्डले टिकापुर घटनामा निर्दोष भएकाहरुलाई जेलबाट छुटाउन पहल गर्ने समेत बताए ।
'रेशम चौधरीलाई मैले पटक पटक भेटेको छु । भारतमा पनि भेटेको हुँं । उनलाई म भित्र पनि भेटन सक्छु र बाहिर पनि भेटन सक्छु । हिजो मात्रै मेरो सचिबालयका साथीहरु पनि उनलाई भेटन गएका हुँंन,' प्रचण्डले भने,' टिकापुर घटनाले भाबनात्मक रुपमा केही समाज खल्ब्लिएको छ् । निर्दोषलाई छुटाउन पहल हुन्छ ।'