धनगढी -सुदुरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा सबै ध्यान केन्द्रित भएको छ । आसन्न स्थानिय निर्बाचनमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै धनगढी उपमहानगरपालिकामा स्थानीय चुनावको माहोल तातेको छ।
अघिल्लो स्थानीय चुनावमा थोरै मतले पराजित भएका हमाल यस पटक भने डेढ महीनाअघि नै चुनावी प्रचारमा खटिइसकेका छन्। उनले स्थानिय जनता सँग भेटघाट पनि तिब्र पनि परेका छन् । हमालले आफ्नो प्रचार अभियानलाई गाउँ केन्द्रित गरेका छन् । गत स्थानिय निर्बाचनमा गाउँ तिरका भोट नपाएको हमाल टिमको बुझाइ रहेको छ ।
मेयरको टिकटका लागि राजनीतिक दलका नेताले टिकटका लागि लबिङ शुरू गरेका छन्। अहिलेसम्म प्रमुख राजनीतिक दलले भने उम्मेदवारको टुङो लाएका छैनन् । यदपी आकाँक्षी उम्मेदवारहरु टिकटको लबीङ मै छन् । गठबन्धन भित्रका दलहरु अझै पनि अन्यौलमा नै रहेका छन् ।
गठबन्धनबाट कुन दलले धनगढी उपमहानगरपालिकाको टिकट पाउने हो त्यो पनि निश्चित छैन । काँग्रेसको भाग नै धनगढी उपमहानगरपालिकामा पर्ने चर्चा पनि उत्तिकै रहेको छ । तर हमाल बाहेक अन्य दलहरु अझै गाउँ छिरेका छैनन । अहिले धनगढीको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पाँच जनाले मेयरका लागि दाबी गरेका छन्।
हालका मेयर नृपबहादुर वड दोहोरिने इच्छा देखाएका छन्। त्यस्तै, उपमेयर एवं केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, पूर्ण कुँवर लगाएतले पनि टिकटको लागी लबिङ तिब्र पारेको छ । त्यस्तै, नेकपा (एमाले) बाट आठ जनाको नाम सिफारिश भएको छ। एमाले उपमहानगर कमिटीले जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द, प्रदेश कमिटी सदस्य राजेश खाती, जीवन बम, खेमराज पाण्डे, जिल्ला कमिटी सदस्य कमलसिह राना, गोमा अधिकारी र प्रकाश चुनराको नाम सिफारिश गरेको छ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) बाट पाँच जनाको नाम चर्चामा छ। माओवादी प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, धनगढी-३ का वडाध्यक्ष तथा नगर कमिटी सदस्य बलबहादुर ऐर, पूर्व प्रदेश कमिटी सदस्य रमेश धामी, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का संयोजक डीएल भण्डारी र नगर अध्यक्ष सुरज खातीको चर्चामा छ।यदपी उनीहरू पनि गठबन्धनको निर्णयको पर्खाइमा छन्।नेकपा (एकीकृत समाजवादी) का दुई जना
मेयरका लागि दाबेदार रहेका छन्। प्रदेश कमिटी सदस्य राजेश भण्डारी र नगर कमिटी अध्यक्ष मदन रेग्मीले मेयरमा उम्मेदवार बन्न लबिङ गरिरहेका छन्।
२०७४ को स्थानीय चुनावमा पनि हमालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ११ हजार ५२७ मत प्राप्त गरेका थिए भने मेयरमा निर्वाचित नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ३२४ मत पाएका थिए।