अत्तरिया -गोकर्ण भट्ट नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष । खरो स्वभाबका भनी चिनिएका भट्टले यसपाली गोदावरी नगरपालिकाको नगरप्रमुखमा एमालेको तर्फबाट दाबी गरेका छन् । २०१९ साल डोटीको गडसेरा मा जन्मिएका भट्टले २०३६ साल आषाढमा नेकपा चाैथाे महाधिवेशनबाट सदस्यता लिएका हुन ।
अखिलकाे साताै राष्ट्रिय सम्मेलनमा भाग लिन जांदा २०३८ साल चैत्र मा ३ महिना जेल पनि परे । जेलमा बस्दा काठमाडौं डिल्लीबजार सदरखाेर १ महिना र बिरगंजमा २ महिना जेल जिबन बिताए । उनी संगै त्यो बेला जेलमा एमाले उपाध्यक्ष राम बहादुर थापा बादल र माओबादी नेता मातृका यादव पनि थिए ।
भट्टको अर्को परिचय भनेको एमालेका सचिब लेखराज भट्टका सहोदर भाई हुन । तर उनलाई यो नामले चिनिनु ले आफ्नो पहिचान गुमेको लाग्छ । लेखराज भट्ट को भाइ भएर अबसर बढी पाइयो कि गुमाइयो ? भन्ने गोदावरी न्युजको जिज्ञासामा भट्टले भने - 'सधै भाई भएर अबसर गुमाइयो । मेरो आफ्नै परिचय छ । म कम्युनिष्ट पार्टीमा २०३६ सालमा लागेको हुँं । माओबादीको तत्कालिन युद्दमा मेरो आफ्नै भूमिका छ । तर मैले कतै दाबी गर्दा मेरो नाम लेखराज भट्ट सँग जोडीने गर्दछ ।'
'परिवारिक रुपमा हामीलाई राजनितीको मुल नेत्रित्वको घर भएर सहज नै होला लाग्छ तर हाम्रा पनि आफ्नै पिडा छन्,' उनले थपे । यो देशको परिबर्तनको लागी आफुले पनि पटक पटक योगदान पुर्याएको उनको भनाई रहेको छ ।
'राजनितीमा सबै को आ- आफ्नो योगदान हुने गर्दछ, जस्तो अरुको छ त्यस्तै मेरो पनि छ,' उनले भने,' तर अबसर पाउने बेला र मैले कतै राजनितिक पदको दाबी गर्दा लेखराज भट्टको भाईले दाबी गर्यो भन्नु म माथि पनि अन्याय नै हुन्छ।'
गत स्थानिय निर्बाचनमा उनी माओबादीबाट गोदावरीको मेयरमा लडेका थिए । तर उनी त्यो बेला तेस्रो स्थानमा आए । अहिले उनले फेरी मेयरमा दाबी गरेका छन् । उनी भन्छ्न - 'मेयरमा मेरो दाबी स्वभाबिक हो । मेयर भएर एक पटक स्थानिय सरकार कसरी चलाउनु पर्दछ भन्ने देखाउन मन छ ।'
तपाईंको खरो स्वभाबको कारण तपाईं चुनाव हार्नुहुन्छ? भन्ने गोदावरी न्युजको अर्को प्रश्नमा उनले भने - 'हो मैले आफ्नो कामको प्रतिफल लिन जानेको छैन ।' उनलाई जान्ने बुझ्नेहरु पनि स्वभाब खरो भएपनी आर्थिक कुरामा र काममा उनी प्रष्ट नै छन् । उनले जिम्मेवारी लिएको ठाउँमा आर्थिक अनियमितता हुन नदिने उनको पहिलो शर्त नै हुने गर्दछ ।
उनले भने-' स्थानिय सरकारको जिम्मेवारी सम्हाल्ने अबसर पाए शुन्य भ्रष्चाटार को नितीबाट कार्य थालनी गर्ने योजना रहेको छ । नियम अनुसार जहाँ जे गर्न सकिन्छ त्यँहीबाट शुरु गर्ने हो ।' उनले अझै थपे - 'धेरै यँहाका जनताले मलाई मेयर भएको हेर्न चाहेका छन्, मेरो बारेमा धेरैलाई थाहा छ, अब मैले टिकट पाए भने जिताउने जिम्मा पनि यँहाका जनताको हो ।'
अहिलेका जन प्रतिनिधीहरुले कामबाट पनि उनी त्यती सन्तुष्ट छैनन । 'अहिलेका जनप्रतिनिधिहरुले गरेका कामहरु स्वयम आफैले बिश्वास नगर्ने खालका छन् र जनतासँग डराएकाे जस्ताे अनुभूति हुन्छ । हैन भने कुनै पनि कामकाे समय समयमा सार्वजनिक सुनुवाइ हुनुपर्थ्याे, त्याे भएकाे मैले पाएन,' उनले भने ।
उनले मेयरको टिकट पार्टीले दिने भएकाले आफ्नो कामको मुल्याङन पार्टीले गर्ने बताए । 'टिकट दिने काम त पार्टीको हो ,मैले दाबी पेश गरेको छु ,'उनले भने,' अब पार्टीले टिकट दिए म तयार नै छु । मेरा योजना बनाएर पार्टी सँग समन्वय गरेर अगाडी बढछु।' उनले अहिलेको राजनितिमा मुख्य कुरा इमान्दारीता र आर्थिक कुरोमा पारदर्शी हुनु नै रहेको जिकिर गरे । उनले भने - 'यि दुई कुराको बारेमा म प्रष्ट नै छु । त्यो मेरो बिगतको काम कार्बाही हेर्दा नि देखिन्छ ।'
भट्टका योजना
नगरबासीको नियमित संपर्कमा रह्ने गरी कार्य योजना बनाउने । नगरप्रमुख भए बाफत पाउने सबै सेवा सुबिधा नलिने । उक्त रकम नगरपालिका भित्रैकै अति बिपन्न परिवारमा खर्च गर्ने उनको योजना रहेको छ ।
स्थानिय सरकारले गरेका काम कार्बाही बारे जानकारी लिन र दिन सार्बजनिक सुनुवाई कार्यक्रमहरु गरिने । सडकहरु ब्यबस्थित गर्ने , सिसी क्यामेराहरु जडान गर्ने , अत्तरिया बसपार्कलाई ब्यबस्थिती गर्ने पनि उनको योजना रहेको छ ।
नगरबासीको संपर्कमा रहन हेलो मेयर कार्यक्रम सन्चालन गर्ने , मेरो पौरख ,मेरो गौरब र मेरो गोदावरी अभियानलाई जनता सँग जोडने गरी कार्य योजना बनाउने । गोदावरी १२ मा रहेको नायल ताल , वडा नम्बर ४ मा रहेका बुढेतोला ,कम्पासे लगाएतका ठाउँहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने , शिक्षामा आधुनिकरण , स्थानिय जनताको स्वास्थयमा पहुच पुग्ने गरी कार्य अगाडी बढाउने आफ्ना योजना उनले सुनाए ।
निम्न आय भएका बालबालिकाहरुलाई छात्रबर्तीको ब्यबस्था , उनिहरुलाई चाडबाड मनाउन खर्च दिने ,सुत्केरी महिलाहरुको लागी पोषण युक्त भोजन,स्वास्थय बिमाको प्रभाबकारी कार्यान्वयन गर्ने लगाएतका योजना पनि उनले बनाएका छन् ।
खेल क्षेत्रको बिकासको लागी खेल मैदान बनाउने देखी युबाहरुलाई खेलकुदको क्षेत्रमा प्रोत्साहानको निती अबलम्बन गर्ने योजना पनि रहेको छ ।
सधैंभर नैतीकबान र नगरको काम प्रति प्रतिबद्ध रहेन उनको दाबी छ । युबाहरुलाई रोजगारीमा लगाउने उनको प्राथमिकतामा रहेको छ । उनले आफुले गर्ने धेरै कामको बारेमा पार्टीले तयार गर्ने घोषणा पत्रमा आउने बताए ।