कंचनपुर - नेपाली काङ्ग्रेस बाट कंचनपुर को कृष्णपुर नगरपालिका को मेयर को लागि १४ जना ले दाबी गरेका छन् । यस्तै ७ जनाले उपमेयर मा दाबी गरेका छन् ।
मेयर दाबी गर्नेहरूमा लेखराज जोशी , हेमराज ओझा, बिजय कुमार ओली,रतन बहादुर साउँद,डा. फुलराम चौधरी , नबराज जोशी,तौला राना , झेली थारु राना, गिरी राज पान्डेय , गणेशराज पाण्डेय रहेका छन् ।
यस्तै अन्यमा प्रेम बहादुर बलाएर, बिष्णु सिँ खडका , झँकर बहादुर खडका र मीन बहादुर सिँहले मेयर मा दाबी गरेका हुन । यस्तै सोही नगरपालिका को उपमेयर मा टिकेस्वरी पान्डेय "प्रेरणा", पार्बत्ती देबी महता,द्रोपती राना,तिलु महरा,भुबन्स्वरी जोशी , निर्मला भट्ट र टिकेस्वरी खडकाले दाबी गरेका छन् ।
केन्द्रले केही दिन अधि नाम पठाउन भनेपछि उनिहरुले नगर समिती मार्फत दाबी गरेका हुन। मेयर उपमेयरको उम्मेदवारी शुल्क भने काङ्ग्रेसले रु ७ हजार तोकेको छ ।