अत्तरिया - नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ का क्षेत्रिय सभापति वसन्त रोकाया ललितले आफु ५ बर्ष कुनै पदमा उम्मेदवारी नदिने बताएका छन् ।
अत्तरियामा आज नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ ले आयोजना गरेको घर घर जाऔँ काग्रेस जिताऔँ अभियानको आम भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफु उम्मेदवार बन्न र चुनाब लड्नका लागि पार्टीको महत्वपूर्ण पदमा नपुगेको बताए । उनले आफु क्षेत्रिय सभापतिको जिम्मेवारी पाइसेपछि आफ्नो ५ बर्षै कार्यकाल पार्टीका बिभिन्न पदका उम्मेदवारहरुलाई जिताउन मरिमेटी लाग्ने उद्धघोष गरे ।
'म अबको ५ बर्ष कुनै पनि पदको उम्मेदवार बन्दैन , किन भने मेरो जिम्मेवारी अब कागं्रेसका उम्मेदवारहरुलाई जिताउनु हो उनले भने ।' उनले आसन्न स्थानिय तहकोे निर्वाचन देखि प्रदेश र केन्द्रको निर्वाचन सम्म कैलाली क्षेत्र नं ४ मा कांग्रेसका उम्मेदवारहरु जितेको हेर्ने रहर रहेको बताए ।
यसका लागि जस्तो सुकै रणनिति बनाउन र कांग्रेसका नेताहरुलाई एक ठाउँमा ल्याउन आफु पछि नहट्ने उनले बताए ।
उनले यसका लागि आफु निरन्तर पार्टीका नेताहरुसंग छलफल गरिरहेको बताए । उनले पार्टी भित्रका आन्तरिक कुराहरुलाई मिलाउन र आन्तरिक पार्टीको निर्वाचनमा हार बेहोरेकाहरुलाई पनि पार्टीका हरेक कृयकलापहरुमा सकृय सहभागिता गराउनका लागि अहिले निरन्तर नेताहरुका बिचमा छलफल गरिरहेको बताए ।
उनले बिगतका तिता मिठा कुराहरुलाई त्यागेर अब ब्यक्तिवाद भन्दा पनि पार्टीको हित र आसन्न निर्वाचनमा कांग्रेसलाई बलियो बनाउका लागि सबै सबै एक ढिक्का भएर लाग्नेमा आफु विश्वस्त रहेको बताए ।
उनले यस क्षेत्रमा कांग्रेसले चुनाव जित्ने निश्चित भए मात्रै गठबन्धन नहुने बताएका छन् । उनले चुनाबमा जसले टिकट पाएपनि पार्टीलाई जिताउनका लागि सबै लाग्नुपर्ने बताए ।
उनले टिकटको बिषयमा आफुलाई धेरैले फोन गर्दै मैले पाए मात्रै जित्ने अरुले पाए कांग्रेस सकिन्छ भन्ने कुरालाई रोक्न नसके गठबन्धन पनि नरोकिने बताएका छन् ।