अत्तरिया - नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले नेपाली कांग्रेसको जित निश्चित गराए आफुले गठबन्धन हुन नदिने बताएका छन् ।
कैलालीको अत्तरियामा आज नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ ले आयोजना गरेको घर घर जाऔँ काग्रेस जिताऔँ अभियानको आम भेलालाई सम्बोधन गर्दै सभापति बलायरले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताहरुले कांग्रेसलाई जिताउने भन्ने विश्वास दिलाए आफुले गठबन्धन हुन नदिने बताएका हुन् ।
'तपाईहरु पहिला एक भएको विश्वास दिलाउनुहोस् , वडा र नगरमा कांगे्रसलाई जिताउछौ भन्नुहोस् म गठनबन्धन हुन दिन्न उनले भने ।' कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले केन्द्रको सर्कुलर आगामी स्थानिय तहको निर्वाचनमा हुने चुनाबी तालमेलका बारेमा कुराहरु उठाएपछि उनले अरु कुरा केही नबोली सबैले पार्टीलाई जिताउछौ भन्ने कुरा ढुक्कका साथ मैदानमा उत्रिए आफुले गठबन्धन नगर्ने बताएका हुन् ।
उनले सुरुमा कांग्रेस भित्रको आन्तरिक विवादको अन्त्य हुनुपर्ने बताएका छन् । पहिला त पार्टी भित्रैकै नेता कार्यकर्ताहरु एकजुट हुन जरुरी रहेको देखिन्छ उनले भने अहिले कैलालीमा सानो केही कुरा भएमा सामाजिक संजालमा यसो त्यसो भन्दै लामा लामा स्टाटसहरु हाल्ने प्रबृत्ति छ त्यो हुनु हुदैन , आफुलाई चित्त नबुझेका कुरा संम्बन्धित नेतालाई , सम्बन्धित पार्टी कार्यालयमा गएर भन्ने नभए एक कल गरेर भएपनि त्यसको समाधान खोज्नुपर्दछ ।
उनले कुनै ब्यक्ति दोषी भए पुरै पार्टी नै दोषी भनेर कहिले बुझन नहुने बताएका छन् । उनले अब आउने चुनाबलाई मजाकका रुपमा नलिन नेता कार्याकर्ताहरुलाई सुझाव समेत दिएका छन् । अब आउने चुनाव जिवन र मरणको अबस्था रहेको बताउदै उनले यो चुनाब कांग्रेसका लागि अन्तिम अबसर रहेको बताएका छन् ।
अब यो चुनाबमा जनताहरुले कांग्रेस नबुझे मुलुकले ठूलो घाटा बेहोर्नुपर्ने बताए । उनले के.पी ओलीले देशलाई कंगाल बनाएको आरोप समेत लगाएका छन् ।
अहिले देशमा चरम आर्थिक संकट देखा परिरहेकाको बताउदै सभापति बलायरले यस्तो अबस्था पुञ्याउने केपी ओली नेतृत्वको सरकार रहेको दाबी गरे । उनले देश आर्थिक रुपमा निकै कमजोर बन्दै टाट पल्टिने अबस्थामा रहेकाले अब यसलाई बचाउनका लागि कांग्रेसको आवश्यकता रहेको औल्याएका छन् ।
उनले एमसीसीका बिषयमा थुप्रै चर्चा र बिरोध भएपनि एमसीसी पास हुनु नेपालका लागि ठूलो सफलता रहेको बताए । एमसीसीका बारेमा धेरै बिरोधका भाषणहरु भए अहिले खै त ति बिरोध गर्नेहरु , यदी एमसीसी पास हुदैन थियो भने देशको अबस्था झन कस्तो हुन्थ्यो एक पटक कल्पना गर्नुस त उनले भने हाम्रो यसै सुदूरपश्चिमका नेता भिम राबलले यस बिषयमा खुबै बिरोध जनाए तर ति सबै कुरा हास्यास्पद थिए ।
उनले भिम राबललाई इंकित गर्दै भने उहाँले त यस बिषयलाई लिएर बखेडा माथि बखेडा झिके , नेपालमा अमेरिकी सेना आउँछ रे , आफुले सेनामा जागरि खाए जस्तो गर्नुभयो ।
उनले जुन दिन सम्म देशमा कांग्रेस रहन्छ तब सम्म मात्रै यो देश रहने दाबी गरे । राजनिति संम्भावनाको खेल रहेको बताउदै उनले टिकटको कुरामा कसैले चित्त दुखाउनुपर्ने अबस्था नरहेको बताए ।
उनले राजनितिमा लागेको ब्यक्तिले एक न एक दिन अबसर पाउने भएकाले सबैले धैर्य भने गर्न सक्नुपर्ने बताएका छन् । उनले आफुहरु सिद्धान्तका राजनिति गरिरहेकाले त्यो सिद्धान्तको राजनितिलाई ब्यवहारमा उत्रार्न सबै नेता कार्यकर्ताहरुलाई सुझाव समेत दिएका छन् ।
क्षेत्र नं ४ का सभापति बसन्त रोकाया ललितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कागं्रेसका प्रदेश देखी वडा तह सम्मका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।