डोटी - जिल्लाको दिपायलमा आजवाट महोत्सव सुरु भएको छ । योगदान राष्ट्रका लागि डोटीको आयोजनामा सुरु भएको डोटी सांस्कृतिक मेला महोत्सव २०७८ आज दिपायल सिलगढी नगरपालिकाकी नगरप्रमुख मञ्जु मलासीले उद्धघाटन गरेकी हुन् ।
आयोजक योगदान राष्ट्रका लागि डोटीका अध्यक्ष दीपक खातिको सभापतित्वमा सुरु भएको उद्धघाटन कार्यक्रममा नगरप्रमुख मलासीले प्रमुख अतिथी रहेकी थिइन् ।
“युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पान, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना” भन्ने मूल नाराका साथ सुरु भएको उक्त महोत्सब यही चैत्र १२ गते सम्म संचालन हुनेछ ।
सो संस्थाले पहिलो पटक दिपायलमा महोत्सवको आयोजना गरेको हो । कोरोनाका कारण लामो समय सम्म संचालन हुन नसकेका मेला महोत्सब अहिले भने कोरोना कम भएपछि संचालन गरिएको हो ।
यस्तै महोत्सबमा आउने स्थानिय तथा राष्ट्यि कलाकारहरुको टुङगो समेत लागि सकेको आयोजक टिमका विकास थापाले जानकारी दिए ।
उनले महोत्सबमा महानायक राजेश हमाल देखी अहिलेका चर्चित लोकप्रिय गायक, गायिका , हास्यकलाकारहरु र सुदूरपश्चिमका नयाँ पुराना सबै कलाकारहरुको महोत्सबमा प्रस्तुती रहने बताए ।
महोत्सबमा ३ गते विहिवार गायिका ज्याति मगर , कमेडियन सुन्दर खनाल र देउडा गायक सूर्य बिरही साउँदको प्रस्तुती रहने उनले बताए । आज उद्धघाटन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
महोत्सब हेर्नका लागि १ सय रुपैया प्रवेश शुल्क तोकिएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ र सेती नदिमा ¥याप्टिङ गर्न सकिने छ ।