काठमाडौं - वीर अस्पतालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार आएको रिपोर्टमा अस्पतालमा कार्यरत १३ जनामा संक्रमण देखिएको वीर अस्तपालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिनुभयो ।

Milan sun pasal

डा. सेन्चुरीका अनुसार आज संक्रमण पुष्टि भएकामा ६ जना नर्स, १ जना डाक्टर २ जना फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी र ४ जना सफाइ कर्मचारी हुनुहुन्छ । 

संक्रमण देखिएपछि अस्पताल प्रशासनले बुधबार र बिहीबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।

यससँगै वीर अस्पतालामा कार्यरत ७१ जनामा कोरोना संक्रमण देखिएको डा.सेन्चुरीले बताउनुभयो । संक्रमण देखिएका सबैलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।