डोटी -भारतबाट फर्किएकाहरुमा कोरोना देखिन थालेपछि सुदुरपश्चिमका पहाडी जिल्लामा झनै त्रास बढेको छ । शुक्रबार डडेल्धुरा र बैतडीमा कोरोना पोजेटिभ बिरामीहरु देखिएपछि स्थानिय त्रसित बनेका छन् । रोजगारीको शिलशिलामा भारत गएकाहरु त्यँहा लकडाउन भएपछि नेपाल फर्किन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकअनुसार यो सातामात्रै कैलालीको गौरीफण्टा नाकाबाट पाँच हजार दुई ६७ जना नेपाली भित्रिएका छन्। उनीहरु भारतका विभिन्न सहरबाट नाकासम्म आएका हुन्। ति मध्य धेरै जसो सुदुरपश्चिमका पहाडी जिल्लाका बासिन्दा छन् ।कैलाली जिल्लाका अन्य नाकाबाट पनि नेपालीहरु घर फर्कन थालेका छन्।
उनीहरुलाई स्वास्थ्य जाँचबिनै पठाउँदा गाउँगाउँ कोरोना संक्रमण फैलने जोखिम बढ्दै गएको छ। सयौँको संख्यामा फर्किरहेकाले सामाजिक दूरीसमेत कामय गरेका छैनन्। सुदुरपश्चिमबाट ठुलो संख्यामा स्थानियहरु कामको खोजीमा भारत जाने गरेका छन् । तर भारतबाट फर्किने क्रम बढे सँगै पर्याप्त चेक नहुनु र क्वारेनटाइन पनि ब्यबस्थित नहुँदा स्थानियलाई अब के होला भन्ने चिन्ता लागेको छ ।
झण्डै १ महिना अघि तराईका जिल्लामा मात्रै कोरोना संक्रमित बिरामी भेटिएका थिए तर शुक्रबार पहिलो पटक पहाडी जिल्लामा पनि कोरोनाका बिरामी भेटिएका छन् ।
डोटीको शिखर नगरपालिका ९ का माधब पन्त ले अहिले सम्म खासै स्थानिय नडराएको तर अब भने डराउनु पर्ने अबस्था आएको बताए । 'अहिले सम्म त खासै केही चासो चिन्ता थिएन गाउँ मा मान्छे आ आफ्नै काममा ब्यस्त छन् तर अब मानिस सबै गाउँमा भारतबाट नै फर्किएका छन् ' पन्तले भने, 'भारतबाट फर्किनेहरु लाई क्वारेनटाइनमा ब्यबस्थित राख्नु पर्दछ नभए त गार्हो हुन्छ । प्रदेश भर कोरोना चेकजांच गर्ने किटको अभाब भएकाले सबै को परिक्षण हुन नसक्दा झनै जोखिम बढेको चिकित्सकहरुको भनाई ।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नमबर २ का स्थानिय लक्ष्मी भण्डारी ले डडेल्धुरामा पनि कोरोना संक्रमित भेटिएकाले स्थानियमा त्रास बढेको बताए । उनले भने - मान्छेहरु को कहाँ कहाँबाट आउँदैन छन् कतिको संपर्कमा पुगेका छन् कसैलाई केही थाहा नै हुन्न ,राती राती पनि मान्छेहरु गाउँहरुमा भित्रिन थालेका छन् ।
बैतडीको पुर्चौडि नगरपालिका वडा नम्बर ४ भटना का चन्द्रदेब भट्टले पनि ग्रामीण बस्तीमा कोरोना आईसकेकाले स्थानियमा डर बढेको बताए । दुर्गा प्राथमिक विद्यालयका प्रध्यानाध्यापक समेत रहेका भट्टले भारतबाट आएकाहरुको स्वास्थ्य परिक्षण राम्रो सँग गरिनु पर्ने बताए ।
सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले पहाडामा पनि कोरोना पोजेटिभ बिरामी देखी सकेकाले साबधानी अपनाउनु पर्ने बताए । उनले आरडिटी भन्दा पिसिआरबाट कोरोना चेकजाँच को दायारा बढाउनु पर्ने बताए । 'अब पहाडी जिल्लामा पनि जोखिम बढेको छ, भारतबाट आएकाहरुमा कोरोना देखिन थालेकाले पनि बढी जोखिम छ' डा जोशीले भने ,' अब परिक्षणको दायरा बढाउनु पर्ने हुन्छ र संक्रमितको संपर्कमा आएका ब्यक्तीहरु कन्ट्याक्ट ट्रेसिङलाई पनि सुक्ष्म रुपले पत्ता लगाउनु पर्ने हुन्छ।'
डा. जोशीले कोरोनाको लागी तराई पहाड भन्ने त हुँदैन तर संक्रमण बढि फैलिरहेको मुलुकबाट आएकाहरुमा बढि जोखिम हुने र ती नागरिक पहाड जाने क्रम बढेकाले त्यँहा जोखिम बढेको बताए ।