अत्तरिया – विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट जोगिनका लागि सचेत गराउन बिभिन्न किसिमका कार्यक्रम हुँदै आएका छन । सुदूरश्चिममा प्रदेशमा अहिले सम्म कोरोना संक्रमणको पुष्टि नभएपनि यो क्षेत्र उच्च जोखिममा रहेको जानकारहरु बताउँछन ।
यसैकुरालाई मद्यनजर गरी यस क्षेत्रमा कोरोना भाईरसबाट बच्नका लागि बिभिन्न सचेतनाका कार्यक्रम संचालन भईरहेका छन । अहिले बिभिन्न ठाउँमा मास्क वितरण गर्ने, जनचेतनाका कार्यक्रम गर्ने, पोस्टर पम्पलेट वितरण गर्ने, बिभिन्न ठाउँमा हात धुने व्यवस्था गर्ने लगायतका कार्यक्रम भईरहेका छन ।
यस्तै पछिल्लो समय कोरोनाबाट जोगिनका लागि नेपालमा सचेतना जगाउने बिभिन्न गितहरु पनि बनाईएका छन । अहिले युट्युवमा दर्जैनौ कोरोना भाईरस फैलिनबाट जोगाउने उपायका बारेमा सचेत गराउने गितहरु हेर्न सकिन्छ ।
यहि गितको माद्यमबाट कोराना भाईरसबाट जोगिने उपायका बारेमा सचेत गराउन अत्तरिया चोकमा पनि सन्देशमुलक गित बज्न थालेका छन । अत्तरिया उद्योग बाणिज्य संघको पहलमा चोकमा साउण्ड बक्स राखेर कोरोना भाईर अर्थात कोभिड –१९ बाट कसरी बच्न सकिन्छ भन्ने सन्देश दिने गित र सूचना बज्न थालेको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बजार क्षेत्रमा हिडडुल गर्ने मानीसहरुलाई कोरोना भाईरसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी दिनका लागि साउण्ड बक्स राखेर सचेतनामुलका गित र सुचना प्रसारण गरिएको बताए ।
यस्ता गितहरुको माद्यमबाट जनचेतना फैलाउँदा छिटो मानिसको ध्यान आकर्षित गर्ने भएपनि आधिकारी सुचना हुन वा होईनन् भन्ने बारेमा भने चेकजाँच गर्न आवश्यक छ ।
कोरोनाका बारेमा रणनीति बनाईने
अत्तरिया उद्योग बाणिज्य संघले कोरोना भाईरसबाट जोगिनका लागि के के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने भएको छ । सुदूरपश्चिमका नौ ओटै जिल्लाका मानिस ओहोरदोर गर्ने ठाउँ भएकाले पनि यस क्षेत्रमा कोरोना भाईरसको जोखिम बढेको भन्दै अत्तरिया उद्योग बाणिज्य संघले नगरपालिका संग समन्वय गरेर आवश्यक निर्णय लिईने अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष आशोक देवकोटाले बताए ।
उनले नगरपालिका संग समन्वय गरेर उद्योग बाणिज्य संघ मार्फत कोरोना भाईरबाट बच्नको लागि कसरी अगाडी बढ्न सकिन्छ भनेर सयुक्त रुपमा छलफल गर्ने तयारी गरिरहेको बताए । कोरोना भाईरसको जोखिममा रहेपछि पछिल्लो समय अत्तरिया बजारमा भिडभाड नरोकिएकाले भिडभाड कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेर आवश्यक निर्णय लिइने अध्यक्ष देवकोटाले बताए ।
पछिल्लो समय कोरोनाको जोखिम बढीरहेको भएपनि अत्तरिया बजारमा भने चहलपहल घटेको छैन । बजारका सबै ठाउँमा भिडभाड हुने गरेका छ । स्थानिय व्यवसायिहरुले भिडभाड रोक्नका लागि बजार बन्द गर्ने सुझाव दिन थालेका छन ।