धनगढी - तपाई के को पारखी हुनुहुन्छ ? तपाईलाई के खान ईच्छा छ ? मासांहारी हुनुहुन्छ की साकाहारी हुन्छ ? तपाई मन परेको खानेकुरा खानलाई कतै थाउनु पर्दैन् । धनगढीमा चलिरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ मा जानु भयो भने तपाईका सवै चहानाहरु पुरा हुन्छन् ।
विभिन्न खानाका परिकारहरु एकै थलोमा पाउँदा ग्राहकहरु आफ्नो रुचि अनुसारका परिकारको स्वाद लिएर रमाईरहेका छन् ।
लोकल कुखुराका पारखीका लागि धनगढीको सिला रेष्टुरेन्टले लोकल कुखुराका आईटमहरु दिईरहेको छ । लोकल कुखुराको मासु तारेर खाँदा पनि हुन्छ, साधेर खाना पनि हुन्छ ।
लोकल कुखुराको सुप होस् वा झोल होस् मन पर्ने परिकार आफ्नै ईच्छा अनुसार बनाउन लगाएर खान पाईने सिला रेष्टुरेन्टी सञ्चालिक सिर्जना मगरले बताउनुभयो । होईन म विरयानी खान्छु भन्नेलाई पनि नेपालगंजवाट आएको विरयानी स्टल त्यसको स्वाद दिईरहेको छ । कुखुराभन्दा माछाका परिकार खान रुचाउनुहुन्छ भने ड्रिम होटल माछाका परिकारहरु दिन तयारी अवस्थामा छ ।
तिलहरी माछा खाने की सुकेको माछा खाने वा सिद्रा खाने माछामा सवै तयारी ड्रिम होटलको स्टलमा बनेका छन् । घोघीको पारखी हुनुहुन्छ भने त्यो पनि पाईन्छ खाना महोत्सवमा राखिएको स्टलमा , माछाका परिकारहरुलाई ग्राहकहरुले रुचाईरहेको होटल ड्रिमका सिईओ देवेन्द्र हमालले बताउनुभयो ।
होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं १ स्थित खुला मञ्चमा भईरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ मा कुखुरा र माछाका परिकार मात्रै होईनन् मः मः पनि मन परेकै खान पाईन्छ । चिकन मःमः को पारखीका लागि स्वादिष्ट चट्नीमा टपरी मःमः खान पाईन्छ ।
हस्पिटालिटी ईन्टरपेनर लन्स अफ प्वाईन्टले टपरीमा टपरी मः मः को सेवा गर्नका लागि आतुर छ । खाना महोत्सवमा सवैभन्दा वढी रुचाईएको र विक्री भएको पनि टपरी मःमः नै भएको भन्ने थाहा पाएको स्टल सञ्चालक रोशन बमले जानकारी दिनुभयो । चिकन मःमःभन्दा बफ मःमः मिठो लाग्छ भने खाना महोत्सव छेउकै स्टलमा छिर्दा हुन्छ । त्यहाँ वागतमी मःमः सेन्टर ग्राहकलाई बफ मःमः खुवाउन तयार रहेको छ ।
माछा मासुभन्दा अन्य परिकार खान मन लागेकाहरुले पनि खाना महोत्सव छोडेर अन्त कतै जानु पर्दैन् । वेकरीका परिकारका पारखीले ग्यालेक्सी क्याफेको स्टलमा गएर वेकरीका आईटम छानी छानी खान पाईन्छ । होईन म केराका परिकार खान चाहन्छु भने पनि त्यो पनि त्यहाँ सहजै उपलब्ध छ ।
केराको वाईन र ब्रान्डी मात्रै होईन केराबाट नै बनेको मःमः, पकौडा, टिकिया पुरी, चिप्स, अचार जे पनि खान र लान पाईने स्टलमा वसिरहनु भएका भागीराम चौधरीले बताउनुभयो । फागुन १४ गतदेखि सुरु भएको खाना महोत्सवमा यस्ता विभिन्न परिकारहरुको स्वाद ग्राहकहरुलाई पस्किरहेको होटल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिनुभयो ।
महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् ।
सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाईहेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।
फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन ।
खाना महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरु र विभिन्न जातजातिका खानाका परम्परागत परिकारहरुको स्वाद लिने र भेषभुषा, संस्कार र संस्किृतीको अवलोकन गर्न मिल्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्ने व्यवस्था मिलाईएको छ ।
धनगढीमा भईरहेको पहिलो सुदुरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रा.लि., होटल सनलाईट प्रा.लि., आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका छन् ।