अत्तरिया – नेपाल पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको प्रथम सुदूरपश्चिम प्रदेश भेलाबाट अवकास प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक हर्क बहादुर रावल अध्यक्षमा निर्वाचित भएका छन । शनिबार सशस्त्र प्रहरी बल, नेपाल न.७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियामा भएको अवकास प्राप्त सशस्त्र प्रहरीको भेलाले रावलको अध्यक्षतामा १५ सदस्यीत तदर्थ समिति गठन गरेको हो । समितिको उपाद्यक्षमा अवकास प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक पदम सिंह ऐर, सचिवमा दिल बहादुर खलौला, सह सचिवमा रुप कोली, कोषाध्यक्षमा जमन सिंह भण्डारी, सह कोषाध्यक्षमा पदम महरा चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा कुस्माकर जोशी, रमेश बोहरा, राजेन्द्र बोहरा, सुरज कुवर, मञ्च तामाङ, जित राज कुँवर, भिम सिंह थापा, रमेश कुँवर र प्रेम सिंह धामी रहेका छन । सल्लाकार समितिमा अवकास प्राप्त सशस्त प्रहरी उपरिक्षक लाल बहादुर सिंह बरिष्ठ सल्लाहाकार रहने गरी १० सदस्यीय समिति गठन गरिएको छ ।
पूर्व सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक रावलको सभापतित्वमा भएको उद्घाटन सत्रका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल न.७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनी पति गोबिन्द क्षेत्री रहेका थिए ।
कार्यक्रममा बाहिनी पति क्षेत्रीले पूर्व सशस्त्र प्रहरीका कर्मचारी संगठित हुनु राम्रो कामको सुरुवात भएको बताए । उनले सशस्त्र प्रहरी स्थापनाको १९ बर्ष पुरा भईसकेको अवस्थामा पनि अवकास पाएका कर्मचारी संगठित हुन नसकिरहेको अवस्थामा ढिलै भएपनि संगठित हुनु सकारात्मक भएको बताए । उनले अवकास प्राप्त सशस्त्र प्रहरीले पनि देशको विकासमा योगदान दिन सक्ने बताए । उनले संगठनका लागि आवश्यक पर्ने कार्यालय बाहिनी भित्रै स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता गरे ।
उद्घाटन कार्यक्रममा प्रहरी उपरिक्षक रावलले पूर्व सशस्त्र प्रहरी संगठीत भई भौतिक, आर्थिक र सामाजिक स्तर बढाउनको लागि सहयोग पुग्ने बताए । उनले संगठनको केन्द्रिय कार्यालयको मातहतमा रहने गरी प्रदेश शाखा बिस्तार गरिएको बताए । उद्घाटन सत्र कार्यक्रमको सञ्चालन दिल बहादुर खलौलाले गरेका थिए ।