नेकपा (एमाले) कैलालीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनका लागि ५४ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। जिल्ला कमिटीले समानुपातिक उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको नाम महासचिवको निर्देशनअनुसार सिफारिस गरेको एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले जानकारी दिए।
सार्वजनिक सूचीअनुसार खस–आर्य पुरुषतर्फ हरिशंकर योगी, खेमराज पाण्डे, जोगीसिंह विष्ट, तपेन्द्र रावल, मनराज शाही, हरिसिंह साउँद, चक्र बोहरा, पदम सिङाल, कृष्णप्रसाद मिश्र, टीकानाथ, भवानी गिरी, खडक साउँद, नन्दराज बजगाई, खडक भण्डारी, खन्टे खत्री, चिन्तामणि ढकाल र लिलाराज शाही सिफारिस भएका छन्।
खस–आर्य महिलातर्फ कमला ओली, पवित्रा तिमिल्सेना, भागरथी विष्ट, रुकमणि देवकोटा, लोग्सरी कुँवर, सानु साँदा, लक्ष्मी केसी, सावित्रा घिमिरे, करुणा बम बटला, सावित्रा सापकोटा, रमा आचार्य र कमला केसीको नाम सिफारिस गरिएको छ।
दलिततर्फ मोती मिजार, गोरेबहादुर विक, भानसिंह विक, रतन शिलाधर, बाले कामी, उज्जीर सुनार, कर्ण सुनार, धनवीर कामी, सावित्रा घिमिरे र पवित्रा ताम्राकार सिफारिस भएका छन्।
यसैगरी आदिवासी, जनजाति, थारू तथा रानाथारू क्लस्टरतर्फ होरीलाल चौधरी, चुलराम चौधरी, रामप्रसाद चौधरी, विष्णु चौधरी, तुल्सी चौधरी, इच्छा चौधरी, कमला शाही थारु, वसन्ती चौधरी, झुमा चौधरी, अञ्चला चौधरी, सुक्दैया चौधरी, गीता चौधरी र सरिता रानाको नाम सिफारिस गरिएको छ।
अपाङ्गतातर्फ रामचन्द्र जोशी र यज्ञराज कापडीको नाम सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ।