कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा पुष्करराज ओझा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ओझाले ९५० मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रुपेश स्वाँरले ८८९ मत पाएका थिए ।
बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी बनेका छन् । उनले ९५७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम बिष्टले ५५५ मत पाए ।
यस्तै बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा ‘अबु’ र उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त निर्वाचित भएका छन् । महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन् ।
सचिवमा स्वाँर प्यानलका प्रकाश चन्द र कोषाध्यक्षमा तिलक बोहरा विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुर्बराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मञ्जु भट्ट, बमबहादुर कुँवर, कामना भट्टराई, प्रेमबहादुर शाही, देबराज जोशी र प्रमिला पाठक निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतदानमा १,९३९ मत खसेका थिए । यसपटक ओझा र स्वाँर प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।