कैलालीको गोदावरीमा जेन - जी पुस्ताले गरेको आन्दोलनको क्रममा गोदावरी नगरपालिकामा आगजनी मात्रै गरिएन निजि घर सम्पत्तीमा समेत आगजनी गरिएको छ ।
पुर्ब सांसद एबम नेकपा एमालेका सचिब लेखराज भट्ट , गोदावरीका मेयर बिरेन्द्र भट्ट , पुर्ब मेयर हरि सिँ साउँद , कांग्रेस नेता वसन्त रोकाया , वडा सदस्य देबराज भट्ट एबम ब्यबसायी कल्याण सिँ बोहराको घरमा आगजनी तोडफोड गरिएको छ ।
पुर्ब सांसद लेखराज भट्टको पुरानो नयाँ , घर , ट्याक्टर लगाएत सवै संरचना पुर्ण रूपमा क्षति भएको छ । गोदावरीका मेयर भट्टको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । मेयर भट्ट निकट मानिएका वडा नम्बर २ का वडा सदस्य देबराज भट्टको घरमा पनि आगजनी गरिएको छ ।
यस्तै भट्ट निकट काँग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया र ब्यवसायी कल्याण सिँ बोहरा को घरमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीले जनप्रतिनिधिहरुका घर निशाना बनाएका छन् । यस्तै उनिहरुले मेयर भट्ट निकटहरुलाई पनि निशाना बनाएका छन् ।
क्षेत्रीय सभापति रोकायाले भने," म कुनै लाभको पदमा थिएन , म कुनै जनप्रतिनिधि भए पनि ठिकै हो ,मेरो खुन पसिनाले बनाएको घर हो , किन यस्तो गरे ? "
जिन - जी को ब्याकमा को थिए ?
निजि सम्पतीमा आगो लगाएपछि अहिले उनिहरुका परिवारहरु आक्रोशित बबेका छन् । हरि सिँ साउँदका छोरा दिपेन्द्र साउँदले एक पोष्ट गर्दै आक्रोश ब्यक्त गरेका छन् ।
त्यस्तै एमाले सचिब लेखराज भट्ट को घरमा आगो लगाएपछि उनका भाइ गोकर्ण भट्टले पनि सामाजिक संजालमा एक पोष्ट गर्दै उक्त घर संग आफ्नो भाबनात्मक सम्बन्ध रहेको भन्दै आगो लगाउने बारेमा राम्रै जानकारी रहेको भनेका छन् ।
स्थानीय दलका अगुवा नेताहरूले आन्दोलनमा उल्लेख्य संख्यामा जेन–जी पुस्ताको सहभागिता देखिए पनि केही “स्थानीयमा चिनिएका अनुहारहरूको घुसपैठ” स्पष्ट भएको बताएका छन्।
निजी सम्पत्तिमा आगजनी भएपछि पीडित परिवारहरू आक्रोशित बनेका छन् र उनीहरूले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।