कैलाली उधोग बाणिज्य संघको आसन्न निर्बाचनको लागि ब्यबसायी पुष्कर राज ओझा नेतृत्वको प्यानलले उम्मेदवार घोषणा गरेको छ ।
मंगलबार धनगढीमा एक कार्यक्रमको आयोजना गरेर उक्त प्यानलका उम्मेदवार को नाम घोषणा गरेको हो । जसको बरिस्ठ उपाध्यक्षमा ओम बिष्ट , उधोग उपाध्यक्षमा बासुदेब भट्ट , एसोसिएट उपाध्यक्ष मनोज अग्रवाल , बाणिज्य उपाध्यक्ष मा गगनराज केसी र बस्तुगत उपाध्यक्षमा भिमराज ओझा 'अबु' रहेका छन् ।
यस्तै सोही प्यानलको महासचिवमा दिनेश लम्सालले उम्मेदवारी दिने घोषणा गरेका छन् । सोही प्यानलको सचिबमा कृष्णा बिष्ट र कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत रहेका छन् ।
यस्तै सोही प्यानलको सदस्य पदमा अजय पाण्डेय , बम बहादुर कुँवर ,धुर्बराज दाहाल , कमला भट्टराई , सुरज बहादुर रैका , पदम बहादुर सिँह , प्रजापति जोशी , सुरेश सापकोटा ,रेखा बास्तोला , तर्कराज भट्टराई , बिन्दु सुनार , अनुम भण्डारी , टेक बहादुर खड्का रहेका छन् ।
अध्यक्षका उम्मेदवार ओझाले आफुहरुको टिम बिशुद्द युबा ब्यबसायीहरुको टिम भएकाले जित शुनिचित रहेको दाबी गरे। उनले आफुहरुले चुनाव जितेपछि ब्यबसायीहरुको हकहितमा काम गर्ने बताए । उम्मेदवारी घोषणा कार्यक्रममा उक्त प्यानलले १५ बुँदे प्रतिबद्धता समेत घोषणा गरेको छ ।
जसमा नयाँ व्यवसायिक उद्यमलाई प्रोत्साहन दिन Incubation Center स्थापना गर्ने , दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने ,“Made in Sudurpaschim” अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने , सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि Sudurpaschim Media Campaign सञ्चालन गर्ने ,कृषि, उद्योग, व्यापार र सेवाक्षेत्रमा लगानी बढाउन Investment Meet / Business Summit आयोजना गर्ने लगाएतका छन् ।