कैलालीमा युबाहरुले स्वतन्त्र अभियान घोषणा गरेका छन् । 'समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान'ले बिहिवार आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर भाद्र १७ गते देखि महाकाली - मेची अभियान चलाउने घोषणा गरेका हुन् ।
अभियानको संयोजन गर्ने जिम्मेवारी गोदावरीका युबा प्रेमराज भट्टलाई दिइएको छ। स्वतन्त्रबाट निर्बाचित धनगढीका मेयर गोपाल हमाल संग केही दिन अधि छलफल गरेपछि अभियान घोषणा गरिएको हो ।
संयोजक भट्टले," भने अभियान महाकालीको गड्डाचौकीबाट शुरु हुन्छ मेयर हमालले शुरूवात गर्नु हुन्छ त्यसपछि ठाउँ ठाउँ मा कोणसभा स्थानीय संग अन्तरकृया हुन्छन् । अभियानको समापन धरानका मेयर हर्क साम्पाङले गर्ने छन् ।"
देशभरका स्वतन्त्र जनप्रतिनिधिलाई एकै ठाउँमा ल्याउन अभियानले दबाब दिने उनले बताए । अभियानका सदस्य धिरेन्द्र बोगटीले स्थानीय तहमा दलका ब्यक्ति नभएर स्वतन्त्र ब्यक्ति निर्बाचित गराउन अभियान थालिएको बताए ।
दलहरुले राजनीतिलाई पेशा बनाएर देशको अवस्था नाजुक बन्दै गएकाले अभियान अगाडी बढाउनु परेको उनिहरुको दाबी छ ।यसैबिच उनिहरुले एक अपिल समेत जारी गरेका छन् ।
अपिलमा नेपालको ३०% भन्दा बढी जनशक्ति बेरोजगार रहेको, ६०% भन्दा बढी ऋण विदेशी स्रोतमा भर परेको, उत्पादनमूलक क्षेत्र शून्य अवस्थामा पुगेको, भ्रष्टाचार, अपराध, मानव बेचबिखन, सीमा अपराधलगायतका समस्या चुलिएको उल्लेख गरिएको छ । शासन प्रणाली र राजनीतिक नेतृत्वको असफलताले जनतामा निराशा बढेको र विदेशी श्रम बजारमा युवा पलायन रोक्न नसकिएको गुनासो गरिएको छ ।
सार्वजनिक अपिलमा नयाँ नेपाल निर्माणका लागि अघि सारिएका मुख्य एजेण्डा यस्ता छन् :
आर्थिक रूपान्तरण : आयात–निर्भर अर्थतन्त्र अन्त्य गर्दै उत्पादन–आधारित अर्थतन्त्र निर्माण ।
रोजगारी सिर्जना : कृषि, उद्योग, पर्यटन र प्रविधि क्षेत्रमा युवालाई अवसर ।
सामाजिक न्याय : महिला, दलित, सीमान्तकृत समुदायलाई समान अधिकार ।
संस्कृति संरक्षण : नेपाली कला, भाषा र परम्परा प्रवर्द्धन ।
अन्तर्राष्ट्रिय सम्बन्ध : सन्तुलित कूटनीतिक नीति र नेपालको भू–राजनीतिक महत्त्वलाई प्रयोग ।
अपिलमा थप भनिएको छ, "इतिहास बनाउने घडी यही हो । ढिलो नगरी कहिल्यै नगर्ने । आजैदेखि हामी सबै मिलेर नयाँ नेपाल निर्माणको निर्णायक कदमको थालनी गरौँ ।"