कैलाली को गोदावरी कांग्रेसका दुई युबाले केही समय यता पार्टी परित्याग गरे। कैलाली कांग्रेसका प्रबक्ता प्रेमराज भट्टले केही महिना अघि र गणेश शाहले केही दिन अघि पार्टी परित्याग गरे ।
भट्ट पदिय रूपमा जिल्ला कमिटी सदस्य थिए भने शाह कृयाशिल सदस्य मात्रै थिए । शाह नेपाल बिद्यार्थी संघको राजनीतिबाट उदाएका नेता हुन् । भट्ट पनि नेबिसंघको राजनीतिबाटै परिचित हुन् । प्रेमले राजनीति संगै कृषि पेशा अंगालेका थिए भने शाह कांग्रेसको युवा नेताहरुमा तुलनात्मक रूपमा शालिन र लाभको पदमा नबसेका नेता हुन् ।
गोदावरीमा कांग्रेसले मान्ने सर्ब स्वीकार्य पुराना नेता दिर्घराज भाट हुन् । अहिले उनी उमेरले र स्वास्थ को कारण घरमै थन्किएका छन् । त्यस यता गोदावरीमा बिगत देखि दुई धार छ । त्यसको असर चुरे देखी गौरीगंगा सम्म पर्ने गर्दछ । एकधार को नेतृत्व गोदावरीका हालका मेयर बिरेन्द्र भट्टले गर्छन् भने अर्को धारको नेतृत्व सुरत कार्की ( sk ) ले गर्छन् ।
यसको अलावा अन्य सानातिना समूह पनि छन् तर तिनको प्रभाव खासै निर्णयक बेला देखिएको छैन। डोटीबाट कैलाली - ४ मा झरेका सांसद एबम कांग्रेस प्रदेश सभापति वीर बहादुर बलाएरले तल को गुट मेसो समात्न सकेका छैनन् । उनी खासै आफ्नो निर्बाचन क्षेत्रमा भेटिनन्न पनि ।
कुनै समय प्रेम मेयर भट्ट को कोर टिमका थिए । भट्टले मेयर जिते लगत्तै प्रेम स्वकीय जस्तै मेयर संग हिड्ने गरेका थिए । तर केही समय पछि उनले मेयर को साथ छोडे । प्रेमले आफू निकटलाई भन्ने गरेका थिए , " धेरै सुझाव दिइयो तर जति गरे मि नहुने भइयो, त्यो भन्दा टाढा बस्नु नै बेश " । प्रेम कांग्रेस जिल्ला सभापति तथा सांसद नारायण दत्त भट्ट निकट पनि हुन् ।
अर्को तिर गणेश शाह कुनै समय नेपाली कांग्रेस शेर बहादुर देउवाले फुटाउँदा संस्थापन गिरिजा प्रसाद कोइराला लिगेसी बोकेका बिद्यार्थी नेता हुन् । शाह पछिल्लो समय सुरत कार्की निकट पनि थिए ।
यद्यपि शाह जेसिजअत्तरिया , दुर्गाल्लक्ष्मी नमुना बिधालयको जिम्मेवारी सम्हालेका नेता हुन । शाह र भट्ट दुबैले अहिलेको कांग्रेस को नेतृत्वबाट पार लाग्दैन भनेर पार्टी परित्याग गरेका हुन ।
अहिले गोदावरी वा क्षेत्र नम्बर -४ को नेतृत्व नै कांग्रेस को पृष्ठभुमि भन्दा फरक तरिकाको भएकाले उनिहरुले आफू यो टिम संग फिट नहुने निष्कर्ष निकालेको उनिहरु निकट नेताहरूले बताएका छन् । शाहले दुर्गालक्ष्मी नमुना बिधालयको अध्यक्षको जिम्मेवारी मेयर भट्टको सहयोगमा सम्हालेका थिए तर उनी अहिले पनि दोस्रो कार्यकाल अध्यक्ष बन्न चाहह्न्थे तर उनको लागि ढोका नै मेयर ले बन्द गरिदिए ।
शाहको पहिलो कार्यकालमा मेयर भट्टको कतिपय कुरो सुन्दै सुनेनन् । जसको कारण मेयर भट्ट शाह संग सन्तुष्ट थिएनन् । अहिले उक्त बिधालयको नयाँ ब्यबस्थापन समिति चयन प्रक्रियामा छ ।
प्रेम भने अहिले ठुलो लगानीका ब्यबसयी हुन् ।उनको ह्याचरी क्षेत्रमा ठुलो लगानी छ ।उनले पनि सकभर अब पार्टी को नेतृत्वमा वा जन प्रतिनिधि को रूपमा जान चाहेको थिए ।
तर उनलाई नि अहिले को कांग्रेस को यहि तरिकाले आफ्नो पालो नआउने ठम्याइ थियो । अहिले दुबै जना पार्टी परित्याग गरेर स्वतन्त्र अभियानमा छन् ।
चियापसलको स्वतन्त्र गोदावरी अभियान संग कनेक्सन
बिहीवार (भोलि ) शाह र भट्ट दुबैको उपस्थितिमा धनगढीको एक होटेलमा पत्रकार सम्मेलन आयोजना हुँदैछ ।
आज उनिहरु दुबै जना सहित अत्तरियाको चियापसलमा जन्मिएको गोदावरी अभियान का सकृय सदस्य धिरेन्द्र बोगटीले कंचनपुर को केही ठाँउमा स्वतन्त्र राजनीतिक गतिविधि गरेका छन् ।
स्वतन्त्र गोदावरी अभियानले पनि यस अघि गतिलो नगर को नेतृत्व नपाएपछि शाह र भट्ट संग कनेक्सन लाभदायक हुने बुझेका छन् ।