दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, अत्तरिया कैलालीमा शिक्षक अभिभावक संघ गठन गरिएको छ।
साउन १० गते सम्पन्न अभिभावक भेलामा इच्छुक अभिभावकहरू बीच गरिएको छलफल र सहमतिका आधारमा श्रावण १२ गते संघको सर्वसम्मत गठन गरिएको हो।संघको अध्यक्षमा सुरतबहादुर बिष्ट चयन भएका छन्।
उनीसहित अन्य सातजना सदस्यहरू शिवनारायण चौधरी, गजेन्द्र बहादुर सिंह, राधादेवी ऐर, लक्ष्मी कुमारी बोहरा, बिस्ना जोशी, दिल बहादुर खत्री र गणेश कामी सर्वसम्मत रूपमा चयन गरिएको विद्यालयले जनाएको छ।
४ जना अभिभावक प्रतिनिधि भने अझै चयन हुन सकेनन्
बिधालय ब्यबस्थापन समितिको लागि चयन हुने ४ जना अभिभावक प्रतिनिधि भने अझै चयन हुन सकेको छैन । शुरुमा ५१ जना आकांक्षी भएपनी दिन प्रतिदिन छलफलबाट आकांक्षीहरु घट्दै गएका छन् ।
अभिभावकबाट ४ जना चयन भएपछि नगरपालिकाले २ जना र वडाले १ जना प्रतिनिधि पठाउने छन् । त्यसपछि ७ जनाबाट एक जना अध्यक्ष को चयन हुने कानुनी ब्यबस्था रहेको छ । नगरपालिकाबाट मेयर निकट कांग्रेस समर्थक प्रतिनिधि बन्ने स्रोतको दाबी छ । यद्यपि मेयरले रुचाएका ब्यक्ति प्रतिनिधि बन्ने छन् ।
वडाबाट पनि मेयर निकट नै प्रतिनिधि चयन हुने सम्भाबना रहेको छ। । अभिभावकबाट चयन हुने ४ जना प्रतिनिधि चयनको लागि भने मेयर इतर कांग्रेसको समुह पनि सकृय नै छन् । एमाले माओवादी निकट ब्यक्ति पनि प्रतिनिधि बन्न आ- आफ्नो पार्टीमा लबिङ गरिरहेका छन् ।