सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट धनगढी सार्ने तयारी भएपछि गोदावरीमा बिरोध शुरु भएको छ । अघिल्लो प्रदेश सभाको बहुमतले प्रदेशको राजधानी गोदावरी २ र ४ मा तोकेको थियो ।
तर बन क्षेत्र पर्ने भएकाले मुद्दा परेपछि कार्यान्वयन हुन सकेन ।बर्सेनि राजधानीको चर्चा हुने गरेको भएपनि राजधानी तोकिएको ठाउँमा एउटा घर सम्म बनेको छैन ।
प्रदेश सरकारले मुख्यमन्त्री आसपास को क्षेत्रलाई बिस्तार गरेर राजधानीको संरचना बनाउने तयारी थालेको हो । आज देखि शुरु हुने बर्खे अधिबेशन मा राजधानी सार्ने विधेकक समेत सरकारले ल्याउने तयारी गरेको छ ।
प्रदेस सभा सांसद खिमा बिष्टले राजधानी सार्ने कुरा बेमौसमी बाजा बजाएको आरोप लगाइन् । उनले भनिन् ," हामी त यो संघियता कै पक्षमा छैनौ । तर अब एक ठाउँमा राजधानी बनाईसकेपछि अर्को ठाउँमा सार्नु हुँदैन । मैले त यहाँका सबै नागरिकलाई प्रतिबाद गर्न अपिल गरेको छु । संसदमा मैले आफैं आवाज उठाउने छु । "
यस्तै नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष सन्तोष सिँहले राजधानी सार्ने कुरो आफुहरुलाई मान्य नहुने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् ,"सुप प्रदेसको राजधानी धनगढी सार्ने कुरामा हामी कदाबी सहमत हुन सक्दैनौ। राजधानी आकासमा होस् कि पतालमा होस् घोषणा गोदावरिमा दुई तिहाइ बहुमतले गरेको हो। तुरुन्त कार्यान्वयन होस।होइन भने अखण्ड सुप आन्दोलनको झल्को नेकपा एमाले गोदावरीले दिने छ।"
नागरिक स्तरको अभियान चलाइरहेका जय गोदावरी अभियानले पनि प्रदेश राजधानीको बारेमा सबै पक्ष संग छलफल गर्ने भएको छ । सोही विषयमा छलफल गर्न आइतबार बिहान छलफल बोलाइएको संयोजक धिरेन्द्र बोगटीले बताए।