कैलालीको गोदावरी नगरपालिका भित्रका बिधालयहरुमा अहिले बिधालय ब्यबस्थापन समिति चयन भैरहेका छन् ।
अभिभावक भेला मार्फत समितिहरु चयन भैरहेका छन् । नगरपालिका भित्रको ठुलो शैक्षिक संस्था दुर्गालक्ष्मी नमुना बिधालयमा शनिबार १० गते अभिभावक भेला हुँदै छ ।
पुरानो समितिको कार्यकाल सकिएपछि नयाँ समिति चयन गर्न भेला बोलाइएको बिधालयका सहायक प्रधानाध्यापक हरि प्रसाद ओझाले बताए । नयाँ नेतृत्व चयन गर्न भित्र भित्रै राजनीतिक दल र दल निकट ब्यक्तिहरु लागेका छन् ।
सरकारको नीति अनुसार ४ जना अभिभावकबाट प्रतिनिधि चयन हुने छन् । यस्तै नगरपालिकाले २ जना र वडाले १ जना प्रतिनिधि पठाउने छ । त्यसपछि बन्ने ७ जनाको समितिबाट एक जना अध्यक्ष चयन हुने कानुनी ब्यबस्था रहेको छ ।
यद्यपि थप २ जना शिक्षक प्रतिनिधि र प्रधानाध्यापक पदेन सदस्य रहने नगरको ऎनमा ब्यबस्था छ ।
शाहको कार्यकाल !
हाल दुर्गालक्ष्मी नमुना बिधालयमा अध्यक्ष कांग्रेसका युबा नेता गणेश शाह छन् । उनको कार्यकाल सकिएको छ । उनलाई मेयर बिरेन्द्र भट्ट र कांग्रेसका नेता लोकराज पाण्डे को जोडबलमा अध्यक्ष बनाइएको थियो ।
उनी नगरपालिका को प्रतिनिधि भएर समितिमा आएका थिए। सकभर उनले फेरि पनि आफ्नो कार्यकाल दोहर्याउन चाहेका छन् । तर उनले मेयर भट्ट को समर्थन पाउन गार्हो रहेको बुझिएको छ ।
शाहले आफ्नो कार्यकालमा कतिपय निर्णयमा मेयर भट्टले भनेको समेत नमानेको आरोप छ । यद्यपि शाहले आफ्नो कार्यकालमा बिधालयको ब्यबस्थापकिय सुधारमा महत्त्वपूर्ण कार्यको थालनी गरेका छन् ।
आर्थिक कारोबार समेत गर्न नपाउने समितिले बिधालयमा योजना मात्रै दिन सक्ने कानुनी ब्यबस्था छ । समिति र बिधालयका प्रधानाध्यापक बिच मेल भए मात्रै योजना लागू हुने गर्दछ ।
तर पनि शाहले देशभरका नमुना बिधालय को अबलोकन गरेर त्यहाँका योजना र तालिमहरु सुरु गरेका छन् ।
आर्थिक र भौतिक संरचना मजबुत रहेको उक्त बिधालयको ब्यबस्थापन समिति चयनमा यहाँ सबैको चासो को बिसय बनेको छ ।