नागरिक उन्मुक्ति पार्टीका संघीय तथा प्रदेश सभामा रहेका १५ जना सांसदहरूले मंगलबार सामूहिक उपस्थितिमार्फत पार्टीको आन्तरिक एकता र उद्देश्यप्रतिको प्रतिबद्धता प्रष्ट पारेका छन्।
पार्टीका १५ जना सांसदमध्ये ४ जना संघीय संसदमा, ४ जना लुम्बिनी प्रदेशसभा र ७ जना सुदूरपश्चिम प्रदेशसभा सदस्य छन्। उनीहरूको एकजुट उपस्थिति पार्टी भित्रको एकता, स्पष्ट नेतृत्व र जनताको विश्वासको सन्देश दिनका लागि भएको भाब सहितको तस्बिर पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेकी छन् ।
उनले अगाडि लेखेकी छन् ,"
पार्टी रहे सांसद रहन्छन्।
एकता र संघर्षको आधार नभए – न पार्टी बाँच्छ, न पहिचान टिक्छ।
आज नागरिक उन्मुक्ति पार्टीका १५ जना सांसदहरूको सामूहिक उपस्थिति हाम्रो आन्तरिक एकता, उद्देश्यप्रति प्रतिबद्धता र जनताको विश्वासको प्रतिविम्ब हो।
४ संघीय
४ लुम्बिनी प्रदेश
७ सुदूरपश्चिम प्रदेश
हामी मात्र सांसद हैनौं, हामी Resham Chaudhary को बलिदान र संघर्षबाट जन्मिएको पहिचान हौं।
हामी जनताको साहस र आवाज हौं।
त्यही मूल्य र मार्गदर्शनले हामीलाई अघि बढाइरहेको छ।
यदि एकता छैन भने पद पनि खाली हुन्छ, पहिचान पनि हराउँछ।
तर जब हामी एकढिक्का छौं,
तब संसद हाम्रो माध्यम हुन्छ
जनता हाम्रो शक्ति
र न्याय हाम्रो लक्ष्य
हामी र हाम्रो पार्टी दुवै तबसम्म बाँच्छ जबसम्म हामी एकताको शक्तिमा अडिग रहन्छौं।
सङ्घर्षबाट जन्मिएको आन्दोलनको यो यात्रा अझ मजबुत बनाउँदै लैजानेछौं ।"
जय नागरीक 🙏🏼