कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु १ अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ को बजेट सार्वजनिक गरेको छ। मंगलबार नगर सभाको १७औँ अधिवेशनबाट नीति, कार्यक्रम र बजेट पारित गर्दै नगर प्रमुख पदम बोगटीले आगामी वर्षको प्राथमिकतासहित बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले सामाजिक सुरक्षा, शिक्षा, पूर्वाधार, सशर्त अनुदान र पुँजिगत योजनामा बजेट केन्द्रीत गरेको छ। बजेटबाट सामाजिक सुरक्षामा सबैभन्दा ठूलो रकम रु ५७ करोड विनियोजन गरिएको छ भने वडागत योजना, सडक मर्मत, शहरी विकास र विषयगत शाखाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।
पुँजिगत वित्तिय समानीकरण वडागत पुँजितर्फ १२ करोड, ७लाख, विषयगत शाखा तर्फ२० लाख, नगरस्तरिय पुँजिगत योजना ५करोड, ८३लाख, ८६ हजार, ६८१, सवारी साधन मर्मत ५३लाख, ७३हजार, ३१९, पुजिगत तर्फ ५करोड, ६४लाख, सशर्त अनुदान खर्च ५४करोड ९०लाख, विशेष अनुदान खर्च २करोड ३८लाख, समाजिक सुरक्षा ५७करोड, सडक बोर्ड १करोड, शहरी विकास आयोजना २०लाख, गरेर १ अर्ब ९३ करोड, ८३ लाख, २३ हजार ३१९ बराबरको बजेट हो ।
आन्तरिक आयतर्फ २४करोड ९२लाख, ३६ हजार, ६८१, वडा कार्यावय चालु तर्फ ६६लाख, ५० हजार, विषयगत शाखा कार्यक्रम तर्फ २करोड २०लाख, नगर विकास कोष तर्फ १करोड, भारतीय दुताबास म्याचिङतर्फ २करोड, नगर स्तरीय पुँजिगत १करोड, २लाख, १३ हजार ३सय, सवारी साधन मर्मत ५४लाख, विभिन्न कोष तर्फ २करोड ६५ हजार विनियोजन गरिएको छ ।