कैलालीको गोदावरी नगरपालिकाले शुक्रवार नीति ,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले तेघरीमा रहेको एक निजी पार्टी प्यालेसमा आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट प्रस्तुत गरेको हो ।
यो पटक को १५ औँ नगर अधिबेशनमा प्रमुख अतिथि कसैलाई बनाइएको छैन । अहिलेको नगर सभामा कांग्रेस को प्रष्ट बहुमत छ ।
यहि क्षेत्रमा कांग्रेसकै संघीय सांसद वीर बहादुर बलायर छन् भने प्रदेश सांसद प्रकाश बम पनि कांग्रेस कै हुन् । अझ समानुपातिक सांसद तुलसी देबकोटा पनि कांग्रेस कै छन् । अर्का समानुपातिक सांसद राप्रपा कि खेमा बिष्ट छन् ।
अधिबेशन को नगरप्रमुख बिरेन्द्र भट्टले आफैं उदघाटन गरे। उपमेयर अस्वस्थ भएको भन्दै मेयर भट्ट ले बजेट प्रस्तुत गरे। दलिय रूपमा सधैं मंचमा देखिने माओवादीबाट मेघराज भट्ट , जनमोर्चाबाट नन्दराज भट्ट , कांग्रेसबाट वसन्त रोकाया फ्रन्ट लाइनमा उपस्थित रहेका थिए। रोकाया कांग्रेसका क्षेत्रीय सभापति एबम मेयर भट्ट निकट नेता हुन् । उनी प्राय मेयर उपस्थित हुने कार्यक्रममा सहभागी हुने गरेका छन् ।
मेघराज भट्ट माओवादीका पुराना नेता हुन भने मेयर संग उनको परिवारिक सम्बन्ध जस्तै छ। उनी पनि मेयर भट्ट संग नजिक छन् । दलिय र माओवादीको साथ चाहिय मेयर भट्ट मेघराज संग छलफल गर्ने गर्दछन् । यद्यपि माओवादी गोदावरीका नगर अध्यक्ष भने तिलक चौधरी हुन ।
जनमोर्चाका केन्द्रिय नेता नन्दराज भट्ट पनि मेयर भट्टले बोलाएको ठाउँमा प्राय पुग्ने गर्छन् । यद्यपि जनमोर्चा गोदावरीका अध्यक्ष कुन्ती पाण्डे हुन् ।
यस बाहेक मंच को फ्रन्ट लाइनमा भर्खर कांग्रेस प्रवेश गरेक बिजय कुँवर , मेयर संग निकट रहेर काम गरेका पुर्ब क्याम्पस प्रमुख डम्बर बहादुर पाल , गोदावरी चेम्बरका अध्यक्ष नैमुद्दिन भाट, अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिँ बोहरा लगाएत को उपस्थिति रहेको थियो ।
अधिबेशनमा एमाले , कांग्रेस का नगर अध्यक्ष, सबै वडाका अध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य , कर्मचारी र अन्य सरोकारवालाको पनि उपस्थिति रहेको थियो ।