सुदूरपश्चिम प्रदेशमा स्थापना गर्न लागिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय सभालाई धन्यवाद ज्ञापन गरिएको छ।
गेटामा विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेपछि जनस्तरबाट सक्रिय बनेको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति’ले आइतबार धनगढीमा उपलब्ध यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सदस्यहरु मार्फत एक ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय सभा अध्यक्ष लगाएत सम्पूर्ण सदस्यहरूप्रति आभार प्रकट गरेको हो ।
यस्तो छ धन्यवाद ज्ञापन पत्र :
सम्माननीय अध्यक्ष ज्यू,
राष्ट्रिय सभा
सिहदरवार, काठमाण्डौ, नेपाल
विषयः धन्यवाद तथा ज्ञापन-पत्र ।
सुदूरपश्चिमका लाखौ जनताहरुको साझा सपनाको रूपमा रहेको कैलाली जिल्लाको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालनार्थ सुदुरपश्चिमेलीहरु स्वतस्फूर्त रूपमा आन्दोलित भएको व्यहोरा राष्ट्रिय सभा अध्यक्षज्यू लगायत सम्पूर्ण राष्ट्रिय सभा सदस्यज्यूहरुलाई अवगत नै छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक राष्ट्रिय सभामा उत्पत्ति र पारित भई विभिन्न समितिहरुमा घनिभूत छलफल पश्चात् नेपाल सरकारले मितिः २०८२ साल जेष्ठ ४ गते प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मत पारित गरी जनभावनाको उच्च कदर गरेकोमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यू, प्रतिनिधि सभाका सभामुखज्यू, राष्ट्रिय सभाका अध्यक्षज्यू, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवाज्यू पुष्पकमल दाहालज्यू, माधव कुमार नेपाल ज्यु, नेपाल सरकारका शिक्षा, विज्ञान र प्रविधि, स्वास्थ्य तथा जनसख्या एवम् विभागीय वर्तमान तथा निवर्तमान मन्त्रीज्यूहरु, प्रतिनिधि सभा र राष्ट्रिय सभाका वर्तमान तथा निवर्तमान सासदज्यूहरु, ससदका विषयगत समितिका वर्तमान तथा निवर्तमान सभापति तथा सदस्यज्यूहरु, सम्पूर्ण राजनीतिक दलका नेतागणहरु, स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको महत्वपूर्ण एजेण्डालाई निरन्तर समाचार प्रसारण गरी दबाव दिने राष्ट्रिय तथा स्थानीय सञ्चारगृहकासञ्चारकर्मी तथा पत्रकारज्यूहरुलाई हार्दिक आभार सहित विशेष धन्यवाद ज्ञापन गर्दछौ ।
सुदूरपश्चिमका जनताको प्रत्यक्ष जीवनस्तरसँग जोडिने रोजगारी, व्यापार/व्यवसाय, पर्यटन एवम् आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुऱ्याउने यो गौरवको आयोजना समेत भएको हुँदा सुदूरपश्चिमका जनताको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा अध्ययन/अध्यापन गर्न आवश्यक शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भइसकेको वर्तमानसन्दर्भमा यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणहरुको आवश्यकतालाई यथाशीघ्र व्यस्थापन गर्न आवश्यक रहेको छ ।
आ.व. २०८२/०८३ को बजेट सघीय ससदमा २०८२ जेठ १५ गते प्रस्तुत गरिने हुँदा आगामी आ.व.को बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पतालसञ्चालनका लागि आवश्यक बजेटको प्रवन्ध गरिदिन हुन दार्दिक अनुरोध गर्दछौ ।
साथै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए जिमका पदाधिकारीहरुको नियुक्तिको प्रक्रियार आगामी आ.व. भित्रै चिकित्सा शिक्षा (एम.बी.बी.एस.) का सीट सख्या निर्धारणको प्रक्रिया अगाडि बढाइदिन हुन समेत सम्माननीय राष्ट्रिय सभा अध्यक्षज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू समक्षसादर अनुरोध गर्दछौं ।