कैलालीको गोदावरीमा वडा भेलाहरु चलिरहेका छन् । शुक्रबार सम्म ४ वडाका भेलाहरु भएका छन् । ती चार वटै वडाले आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।
नगरपालिकाले दिएको सिलिङ अनुसार वडाहरुले बजेट प्रस्तुत गरिरहेका छन् । सबै कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बिरेन्द्र भट्ट रहेका छन् ।
वडा सरकारका प्रतिनिधि आफै मात्र सहभागी भएर वडा अधिबेशन गर्ने परम्परा रहेपनी कतिपय वडाहरुले विपक्षी दल र अन्य अतिथिहरुलाई नि बोलाउने गरेका छन् ।
वडा नम्बर ४ मा लाफडा
शुक्रबार सम्पन्न वडा नम्बर ४ को अधिबेशनमा विपक्षी दलको माइक अफ गरिएको छ ।
नेकपा एमालेका वडा अध्यक्ष पुष्पराज सुबेदीले वडा अधिबेशनमा आफ्ना कुरा राख्दै गर्दा माइक पटकपटक अफ गर्ने प्रयास गरिएको थियो ।
यद्यपि वडाले भने सुबेदेलाई उपलब्ध गराएको समय भन्दा बढी समय लिएपछि समस्या आएको बताएको छ । सुबेदीले भने गत बर्ष कै दम्भ यो बर्ष पनि वडा सरकारले देखाएको आरोप लगाएका छन् ।
वडाको बजेट
वडा नम्बर ४ ले नबौं वडा भेलामार्फते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड १८ लाख १० हजार ७१६ रुपीयाँको वार्षिक बजेट वडा अध्यक्ष हेम प्रकाश मल्लले सार्वजनिक गरेका छन् ।
जस्मा समानीकरणतर्फ ७० लाख र सुत्रमा आधारीत ४८ लाख १० हजार ७७१६ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पुर्वधार विकास तर्फ ६२ लाख रुपीयाँ छुट्याएको छ भने सामाजिक विकास तर्फ २१ लाख र आर्थिक विकासतर्फ १८ लाख रुपीयाँ छुट्याएको छ ।
त्यस्तै वन तथा वातावरण तर्फ ४ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ १३ लाख १० हजार ७१६ रुपीयाँ बराबरको बजेट छुट्याइएको छ ।