नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताले विभेदपूर्ण व्यवहार गर्दै आएको आरोप लगाएका छन्। विकास र समृद्धिका दृष्टिले अपार सम्भावना बोकेको भए पनि यस क्षेत्र उपेक्षित रहँदै आएको उनको भनाइ छ।
प्रेस सेन्टर नेपाल, डडेल्धुराद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिमलाई सधैं प्राथमिकतामा राखिएको दाबी गरे।
उनले भने, “विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ। हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ।”
डडेल्धुरा तथा अन्य पहाडी जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि ठोस पहल गरिने प्रतिवद्धता जनाए।
अध्यक्ष प्रचण्डले पार्टीले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरी सञ्चालित ‘जागरण अभियान’बारे पनि जानकारी गराए। पहिलो चरणमा झापाको कचनकवलदेखि महाकालीसम्म हुलाकी राजमार्ग क्षेत्र हुँदै अभियान सम्पन्न भएको र दोस्रो चरणमा बैतडीदेखि सोलुखुम्बुसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन भइरहेको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान सरकारप्रति गम्भीर आरोप लगाउँदै सरकार गलत बाटोमा हिँडिरहेको र असललाई दण्ड, खराबलाई पुरस्कार दिने प्रवृत्ति हावी भएको बताए। “सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट हामी चिन्तित छौँ,” उनले भने, “सरकार आफ्ना मान्छे जोगाउने खेलमा लागेको छ, जुन राम्रो होइन।”
साथै, उनले पछिल्लो समय चर्चा भइरहेको कांग्रेस–माओवादी गठबन्धनको सम्भावनालाई खण्डन गर्दै त्यो हल्ला मात्रै भएको स्पष्ट गरे। उनले निकट भविष्यमा