गोदावरी नगरपालिकाको वडा नम्बर १ ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड २० लाख ९७ हजार ९९२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बिहीबार वडा कार्यालय परिसरमा सम्पन्न नवौं वडा भेलामार्फत बजेट सार्वजनिक गरिएको हो।
वडाले समानीकरण अनुदानबाट ७० लाख रुपैयाँ र सूत्रमा आधारित रूपमा ५० लाख ९७ हजार ९९२ रुपैयाँ प्राप्त गर्ने जनाएको छ। सार्वजनिक बजेट अनुसार विभिन्न क्षेत्रगत विकास कार्यक्रमहरूका लागि रकम विनियोजन गरिएको छ।
विनियोजन विवरण यसप्रकार छ:
पूर्वाधार विकास: ८० लाख रुपैयाँ
सामाजिक विकास: १५ लाख ५० हजार रुपैयाँ
आर्थिक विकास: १३ लाख ३० हजार रुपैयाँ
वन तथा वातावरण: १ लाख ५० हजार रुपैयाँ
सुशासन तथा संस्थागत विकास: १० लाख ६७ हजार ९९२ रुपैयाँ
वडा अध्यक्ष गोपालदत्त भट्टका अनुसार बजेट तयार पार्दा टोलटोलमा पुगेर स्थानीय बासिन्दाका सुझाव, आवश्यकता र प्राथमिकताको आधारमा योजना छनोट गरिएको हो।
कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यता रहेको थियो। साथै, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका नेता, अन्य वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडाबासी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।