कंचनपुरको कृष्णपुर नगरपालिकाले गरेको निर्णय सरकारी कर्मचारीले कार्यान्वयन गर्न थालेका छन् ।
नगरपालिकाले गत चैत्र २७ गते कृष्णपुर नगरपालिका अन्तरगतका सम्पूर्ण जनप्रतिनिधिहरु, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यहरु साथै सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका सन्तती (छोरा, छोरी, नाति, नातिनी) लगायत एकाघरमा बस्ने सबै बालबालिकाहरुलाई शैक्षिक सत्र २०८२ देखि जुनसुकै स्थानमा भएपनि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको थियो ।
त्यस्तै संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी अभिभावक र अन्य संलग्न व्यक्तिहरुले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय र व्यवस्थापकीय जिम्मेवारीमा बस्न नपाउने निर्णय गरेको थियो । सोही अनुसार सोमबार मात्रै कंचन माध्यमिक बिधालयका प्रधानाध्यापक कर्मा चौधरी , सहायक प्रधानाध्यापक चक्र व. पाल, शिक्षकहरु अमित राना,मिलन राना,पुष्पा भट्ट पाण्डेय,हरिणा पण्डित र पार्वती रोकायाले आफ्ना बच्चाहरुलाई दुर्गालक्ष्मी नमुना बिधालय अत्तरियामा भर्ना गरेका छन् । कार्यपालिकाको निर्णय आफुहरुले पालन गरेको उनिहरुले बताएका छन् ।
यस्तै अहिले त्यहाँ राजनीतिक दलक नेता कार्यकर्ता देखि सरकारी कर्मचारीले सामुदायिक बिधालयमा आफ्ना बालबालिका भर्ना गर्ने लहर नै चलेको छ ।
उता नगरपालिकाको निर्णय विरुद्ध अदालतमा मुद्दा परेको छ । मुद्दाको जबाफको लागी भोलि अदालत जाने कृष्णपुरका नगरप्रमुख हेमराज ओझाले फेसबुक मार्फत जानकारी दिएका छन् ।

