कैलालीको बाह्रबन साझेदारी समुहको अध्यक्ष मा वीर बहादुर चोखाल निर्बाचित भएका छन् । बिहिवार सम्पन्न मतदानको अन्तिम मत परिणाम अनुसार उनले ७३ मत सहित बिजयी भएका हुन् ।
यस्तै अध्यक्षमा डन्डीराज सुबेदेले ४५ मत मात्रै पाए भने अर्का उम्मेदवार टेक बुढाले २२ मत पाएर तेस्रो बने । चोखाल र सुवेदी कांग्रेस समर्थक हुन भने बुढा एमाले समर्थक हुन् । चोखाललाई कांग्रेसका अधिकाँस नेताहरु को समर्थन रहेको थियो भने माओवादीले पनि समर्थन जनाएको थियो ।
त्यस्तै जनप्रतिनिधि अन्तरगत विजयराज ओझा १३ मत पाउदै विजयी भएका छन । उनका प्रतिद्वन्द्वी हरिराम चौधरीले ७ मत पाए ।३ जना महिला सदस्य पदका लागि मतदान भएकोमा ७१ मत सहित सुशिला चौधरी, ६३ मत सहित लक्ष्मी देवी भण्डारी र ५८ मत सहित गौरी कुमारी लामा विजयी भएका छन ।
खुला सदस्यमा ५ पदका मतदान भएकोमा ६९ मत सहित राजेन्द्र प्रसाद जोशी, ६५ मत सहित पदमराज जोशी, ६५ मत सहित विक्रम विश्वकर्मा, ६२ मत सहित प्रकाश आर्चाय र ६१ मत सहित प्रकाश चन्द विजयी भएका छन ।त्यसैगरि दलित सदस्यमा ७६ मत सहित प्रेमसिंह विक, मधेशी सदस्यमा ७३ मत सहित श्याम सुन्दर ठाकुर, जनजाती सदस्यमा ६९ मत सहित सुनिलाल चौधरी, आदीवासी सदस्यमा जगन्नाथ राना ५९ मत ल्याएर विजयी भएका छन ।
बाह्रवनमा कैलालीका चार वटा पालिका गौरीगंगा,गोदावरी,धनगढी र चुरेका उपभोत्तातर्फ १४६ मतदाता रहेकोमा १४४ मत खसेको निर्वाचन अधिकृत उजिरसिंह कुँवरले बताए।