सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आज देखि शुरु हुने भएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
शुक्रबार संघले पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
महोत्सव को शनिबार आज उधोग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष पुष्पराज कँवरले बताए ।
महोत्सव आयोजना गर्न तीन करोड लागत लाग्ने र १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई ५०, र अन्यलाई एक सय राखिएको छ ।