अत्तरिया - सुदुपश्चिम प्रदेशमा सवारी दुर्घटना संग संगै बर्षेनी ट्राफिक नियम उल्लङ्घनका घटना पनि बढ्दै गएका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार पछिल्लो तिन बर्षको अबधिमा ट्राफिक नियम उल्लङ्घनका घटना बढ्दै गएका हुन ।
आर्थिक बर्ष २०७३\७४ मा सुदुरपश्चिमका नौ वटै जिल्लामा ४७ हजार ७ सय ३६ सवारी साधन कारबाहीमा परे भने आर्थिक बर्ष ०७४\०७५ मा ५७ हजार ५ सय ३४ सवारी साधन कारबाहीमा परेका थिए । यस्तै यो संख्या बढेर गत आर्थिक बर्ष ०७५ \०७६ मा ६२ हजार ७ सय ६ सवारी साधन कावाहीहरुमा परेका छन ।
आर्थिक बर्ष ०७३\७४ मा कारबाहिमा परेका सवारी साधनहरुवाट जरिवाना बाफत २ करोड ७५ लाख १३ हजार रुपैया राजश्य संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४\०७५ मा कारबाहीमा परेका सवारी साधनहरुवाट ३ करोड ३० लाख ७४ हजार ५०० सय रुपैया संकलन भएको छ । यस्तै गत आर्थिक बर्ष ०७५\०७६ मा प्रदेश भरि कारबाहिमा परेका सवारी साधनहरुवाट ३ करोड ६५ लाख ५८ हजार रुपैया राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको तथ्यांकमा उल्लेख छ ।
ट्राफिक कार्यालयका अनुसार कारवाहि पर्नेमा सबैभन्दा मोटर साइकल चालक रहेका छन् । हेलमेट नलगाउने , आवश्यक कागजात नबोक्ने , लाइसेन्स नभएका लगायतका ट्राफिक नियमको उल्ङ्घन गरेकाले मोटर साइकक चालकहरु कारबाहिमा परेका हुन् । यस्तै सिट क्षमता भन्दा बढि यात्रु बोक्ने , कागजात नबोक्ने , निषेद गरिएको ठाउहरुमा चलाउने जिप चालक कारबाहिमा परेका छन ।
त्यस पछि बस , ट्रक , ट्याक्टर लगाएतका सवारी साधनहरु कारबाहिमा परेको ट्राफिक प्रहरीले जनाएको छ । सुदुरपश्चिममा गत आर्थिक बर्ष २०७५\०७६ मा प्रदेशभरी २ सय ३४ वटा सवारी दुर्घटनामा परी २ सय २३ जनाले ज्यान गुमाएका छन् ।
सुदुरपश्चिम प्रदेशमा बर्षेनी सवारी दुर्घटना बढ्दै जाँदा ठुलो जनधनको क्षेति हुने गरेको छ । ट्राफिक प्रहरीले बेला बखतमा गर्ने सवारी चेकजाँच पनि सवारी दुर्घटना न्युनिकरणकामा भन्दा राजश्व उठाउनमै बढि जोड दिने गरेको आरोप पनि लाग्ने गरेको छ ।