धनगढी – काठमाण्डौंमा गरिएको परिक्षणका कैलालीका २१ र बाजुराका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाजुराका २६ पुरुष १५ महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै कैलालीका १९ पुरुष, २ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणका पनि कैलालीका १ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
आजै टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका ८४, अछाममा ४२ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै आज मात्रै सुदुरपश्चिममा २ सय १४ जना कोरोना संक्रमित थपिएका छन ।