अत्तरिया – कोरोना भाईरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउन उल्लघन नरोकिएपछि अहिले केहि सचेत युवाहरु त्यसको कार्यान्वयमा जुटेका छन । विश्वव्यापि रुपमा फौलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गर्दा समेत मानिसहरु बिना काम पनि सडकमा निस्किन नछोडेपछि युवाहरुले आ–आफ्ना टोलको सुरक्षामा जुटेका हुन ।
यसैबिच अत्तरियाको विजयनगर टोलका युवाहरुले टोलको सुरक्षाका लागि बिशेष सजकता अपनाएका छन । कैलालीको गोदावरी नगरपालिका १ मा पर्ने यस टोलका युवाहरुले लकडाउनलाई कडाईका साथ पालन गराउन टोलमा छुटै ‘लकडाउन’ गरेका छन ।
स्थानिय युवाहरुले भारतमा रहेका नेपालीहरु अहिले पनि निर्वाध रुपमा चोरीकोबाटो भएर गाउँमा आईरहेको र केहि व्यक्ती बिना काम बजारमा घुम्न थालेपछि टोल प्रबेशमा कडाई गरेका छन । स्थानिय केशब सिंह गुरुङले टोल प्रबेश गर्ने बाटोमा सवारी साधन चल्न रोक लगाएको र अपरिचित व्यक्तिलाई टोल प्रबेशमा रोक लगाईएको बताए ।
‘अहिले पनि भारतमा रहेका नेपालीहरु नेपाल आईरहेको हामीले पाएका छौ ।’ उनले भने ‘अब हामीले त्यस्ता व्यक्ती भेटे प्रशासनको जिम्मा लगाउने छौ ।’ उनले अहिले टोलका केहि व्यक्ती बिनाकाम मोटरसाईकल रोडमा कुदाईरहेकाले त्यसलाई रोक लगाउन बाटो नै बन्द गर्नुपरेको बताए । ‘कुनै अत्यावश्यक काम भए जान दिईनेछ, बिनाकाम हिड्नेलाई राक्ने छौ ।’ गुरुङले भने ।
स्थानिय युवा रमेश भट्टले पनि मानिसहरुले लकडाउनको समयमा पनि अनावश्यक रुपमा बजार जाने भिडभाड गर्ने क्रम नरोकिएकाले बाद्य भएर टोलको प्रबेशद्धारमा आवतजावतमा कडाई गरिएको बताए । उनले टोलमा कस्ता व्यक्ति प्रबेश गरिरहेका छन । कताबाट आएका हुन भन्ने कुराको आफूहरुले नै निगरानी गर्ने बताए ।
टोलको प्रबेशद्धार नजिकै डेरी सञ्चालन गरेका भट्टले आफू पनि डेरी संचालनमा बिशेष सजकता अपनाएको बताए । उनले दुध अतिआवश्यक बस्तु भएकाले पसल बन्द गर्न नमिल्ने भएकाले बिशेष सजकता अपनाएर काम गरिरहेको बताए । भट्टले पसलको अगाडी हात धुने व्यवस्था गरेको र पसलमा पनि निश्चित दुरीमा रहेर कारोबार गरिरहेको बताए ।