काठमाण्डौ -संघिय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत सुरु गरेका छन् । उनले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ ।
नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिए ।यता सुदुरपश्चिम प्रदेशका पनि केही महत्वपूर्ण तर पुरानै योजनाहरु समेटिएका छन् ।
बजेटमा अत्तरीया– धनगढीलाई औद्योगिक करिडरको रुपमा विकास गर्ने कार्यलाई अघि बढाउन बजेट छुट्याएको छ ।त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा अत्तरीया– धनगढीलाई मेगासिटी बनाउने प्रकृया अघि बढाईने जनाएको छ । कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा पनि बजेटमा उल्लेख गरिएको छ ।
धनगढी बिमानस्थलको स्तरोन्नती गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।सुदूरपश्चिम प्रदेशको बैतडीको गोकुलेश्वर र अछामको कमलबजारमा बिमानस्थलको निर्माण कार्य अघि बढाईने निती पनि बजेटमा आएको छ । सरकारले महाकाली नदिमा बनाउन लागेको चार लेनको मोटरेवल पुलका लागि ९० करोड बजेट विनियोजन गरेको छ । कञ्चनपुरमा भीमदत्तनगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने गरी महाकाली नदीमा पुल बनाउने कार्य यसअघि नै सुरु गरिएको थियो ।
यस्तै सरकारले प्रस्तुत गरेको बजेटमा खुटिया दिपायल -चैनपुर सम्म सडक बनाउने योजना पनि समेटिएको छ । सुदुरपश्चिम प्रदेशलाई अँध्यारोमुक्त प्रदेश बनाउने घोषणा पनि बजेटमा समाबेश गरिएको छ ।