अत्तरिया - आज राष्ट्रिय बाल दिवस मनाइएको छ । यस बर्ष कोरोना कहरका कारण दिवसको अबसरमा कुनै औपचारिक कार्यक्रमहरु हुन नसकेपछि भर्चुअल रुपमा दिवस मनाइएको छ । यसै क्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले अनाथ एबम् असहाय बालबालिकाहरुसंग बाल दिवस मनाएकी छन् ।
नगरपालिकावाट कुनै किसिमको कार्यक्रम नहुदा उनले आफ्नो ब्यक्तिगत खर्चवाट अत्तरियामा रहेको अनाथ एबम् असहाय बालबालिकाहरुको संरक्षण गर्दै आइरहेको महिला तथा बालबालिका सेभ हाउसमा रहेका ३९ जना बालबालिकाहरुलाई मासु र चिउरा खुवाउदै दिवस मनाएकी हुन् ।
जन्मदिन होस वा अन्य कुनै दिवसमा सबै भन्दा पहिला महिला तथा बालबालिकाहरुलाई सम्झदै आएकी उनले आज बालदिवसमा आमाबुवा नभएर टुहुरा भएका अनाथ एबम् असहाय बालबालिकाहरुकालाई दिवसको बारेमा बुझाउदै रमाईलो गर्दै उनीहरुलाई मासु चिउरा खुवाउदै एउटा असल जनप्रतिनिधिको भूमिका निर्वाह गरेकी छन् ।
'बाल दिवसमा बिगतका बर्षहरुमा बिभिन्न खाले कार्यक्रमहरु हुदै आएका थिए तर यस बर्ष कोरोनाका कारण कुनै कार्यक्रम हुन सकेन' उनले भनिन् - 'सबै बालबालिकाहरु एउटै हुन् , तर कोही महलमा बसिरहेका छन् त कोही सडकको पेटीमा , मैले सोचे आमा बुवा नभएर टुहुरा बनेका बालबालिकाहरुलाई उनीहरुको दिवस खुसीका साथ मनाउनुपर्छ ।'
उनीहरुलाई आमाबुवा घरपरिवारको अभाव हुन दिनुहुन्न । सोही क्रममा बालबालिकाहरुसंग भएका प्रतिभाहरु हेर्दै उनीहरुलाई मुखमा मुस्कान छावस भन्नका लागि समान्य रुपमा चिउरा मासु खुवाउदै दिवस मनाएको उनले बताइन् । उनले सेभ हाउसमा रहेका बालबालिकाहरुका लागि आफ्नो ब्यक्तिगत तर्फ र नगरपालिकावाट सक्दो सहयोग गर्दै जाने बताइन् ।
कोरोना कहरका बिचपनि उपप्रमुख कडायतले सेभ हाउसमा आएर बालबालिकाहरुलाई आफ्नै छोराछोरी जस्तै बिगतदेखी नै सहयोग गर्दै आइरहेको सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताइन् । उनले उपप्रमुखले आफ्नो सेभ हाउसमा पटक पटक खाध्यान्न , शैक्षिक सामाग्री देखी अन्य बिभिन्न आवश्यक सामाग्रीहरु सहयोग गर्दै आएको बताइन् ।
'आज बालदिवस अर्थात बालबालिकाहरुको दिवस उनीहरुलाई कसरी खुसी बनाउन सकिन्छ भनेर सोचिरहेका बेला उपप्रमुख सेभ हाउसमै पुगेर उनीहरुसंग रमाउदै मासु चिउरा खुवाएर जानुभयो यस गर्दा बच्चाहरुले बाल दिवस भनेको के हो त भन्ने बारे जानकारी पाए , आफ्ना प्रस्तुतिहरु कविता , गजल र गितहरु गए निकै खुसी भएका छन्' उनले भनिन् - ' यसका साथै सेभ हाउसलाई आवश्यक पर्ने सामानहरु पनि दिने प्रतिबद्धता पनि गर्नुभएको छ यसले गर्दा हामी निकै आभारी छौ । '
उनले उपप्रमुख कडायतले सेभ हाउसका लागि गरेको कार्य अत्यन्तै सहरानिय रहेको र सधै यस्तै साथ सहयोगको अपेक्षा गरेको बताइन् ।