बाजुरा- जिल्लाको विकट गौमुल गाउँपालीका वडा न. ५ साविको मानाकोटमा सिचाइ कुलो निमार्ण गरिएको छ । गाउँबाट टाढा रहेको घट्टेखोलाबाट सिचाई कुलोे निमार्ण गरीएको हो । गाउँमा सिंचाई लागी पानि सञ्चालन भएपछि यस ठाँउका स्थानीय बासीहरु निकै खुशी भएका छन् । गौमुल गाउँपालीका वडा न. ५ का स्थानिय समिता रोकायाले विगतमा गाउँमा सिँचाई कुलो नहुँदा हिउँदे खेती लगाउन नपाई पुरै जमिन बाँझो राख्ने गरेको बताईन् ।
हिउँदे सिजनमा खेती लगाउँदा सिँचाइ गर्न पानी नभएका कारण बाली नाली सुकेर नष्ट हुने भएकाले हिउँदे सिजनको खेती नलगाई पुरै जग्गा बाँझो राख्ने गरेको उनको भनाई छ । रोकायाले भनिन् - साविकको मानाकाट गाविस ५ नखराडा बासीले सिँचाई कुलो पाउँदा निकै खुशी भएका छन् । घट्टेखोला सिंचाई योजनाका अध्यक्ष उब्जन रोकायाले ग्रामीण जलस्रोत परियोजनाले गाउँमा बृहत सिंचाई कुलो निमार्ण गरेपछी आफुहरुले पहिलाको जस्तो हिउंद महिना जग्गा बाझो राख्नु नपरेको बताए ।
उनले अहिले आफुहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफुल सागतरकारी समेत लगाउने गरेको बताए । गाउँमा सिंचाई कुलो आएपछि पुरै हरियाली मानाकोट गाउँभएको अध्यक्ष रोकायाको भनाई छ । उनले भने ग्रामीण जलस्रोत परियोजनाले गाउँमा सिचाइ कुलो निमार्ण गर्दा गाउँमा खेतीहरु हरियाली भएको बताए ।
बर्षौंदेखि सिँचाई गर्न पानि नपाएका मानाकोट बासीहरुलाई यो वर्ष भने ग्रामीण जलस्रोत परियोजनाको आयोजना र युरोपेलीयन युनियन फिल्यन्ड सरकार र गौमुल गाउँपालीकाको आर्थीक सयोगमा घट्टेखोला वृहत सिँचाई कुलो निमार्ण गरेको ग्रामिण जलस्रोत परियोजनाका प्रविधिक चक्र कुवँरलु बताए । उनले यो गौमुल गाउँपालीकाको सबै भन्दा ठुलो सिँचाई कुलो रहेको बताए ।
यो भन्दा पहिले कुनै पनि सरकारी तथा गैर सरकारी संघ - सस्थाले वास्ता नगरेको हुँदा यो पटक गाउँपालीकाले घट्टेखोला सिँचाई कुलो निमार्णका लागी पहिलो प्रथामीकतामा राखी उक्त सिँचाई कुलो निमार्ण गरेको बताए । घट्टेखोला सिँचाई कुलो निमार्णको लागत ७१ लाखको ६१ हजार २ सयाँ ५३ रुपैया रहेको छ ।
कुलोको जम्मा लम्बाई ८ सय ६५ मिटर र दुइ फिट चौडाइ, दुई फिट उचाइ रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना प्रविधिक चक्र कुवँरले बताए । गाउँमा सिँचाई कुलो बनेपछि स्थानीय बासिहरुको आय आर्जनमा वृद्धी हुने भएको छ ।