लम्की -कर्णाली रिभर साईड यातायात बस व्यबसायी समितिको व्यबसायी भेला शनिबार लम्कीचुहा मा सम्पन्न भएको छ । सरकारले यातायात व्यबसायी समितिलाई प्रालीमा जान निर्देशन दिएपछि शनिबार भएकोले भेलाबाट व्यबसायी हरुको धारणा संकलन गरिएको थियो ।
महासंघले सरकारसँगको सहमतिअनुसार ५ दिनभित्रमा समिति तथा संघहरुलाई कम्पनीमा दर्ता हुनका लागि सार्वसजनिक सुचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको थियो । सोही अनुरुप कर्णाली रिभर यातायात व्यबसायी समितिले पनि कम्पनीमा जानका लागि बृहत छलफल गर्न थालिएको हो ।
समितिका अध्यक्ष धिरज शाहीको अध्यक्षतामा भएको भेलामा उद्धार उपाध्यक्ष योगेश मल्ल, प्रशासन उपाध्यक्ष जनकबहादुर शाहीले कम्पनीमा जानका बिषयमा एजेन्डा प्रस्तुत गरेका थिए । समितिका कोषाध्यक्ष जयरुप बढाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको छ।
भेलाले समितिलाई जेठ १९ गते भित्र सबै प्रकृया पुगाएर सरकारले ल्याएको नियम अनुसार कम्पनीमा जान सर्बसम्मतले निर्णय समेत गरेको कार्णली रिभर साईड यातायत व्यबसायी समितिका प्रमुख लब शाहीले जानकारी दिए ।
२०७४ चैत १८ मा यातायात ब्यवस्था विभागले नयाँ मापदण्ड ल्याई सम्पूर्ण यातायात समिति तथा संघसस्थाहरुलाई कम्पनीमा दर्ता हुनका लागि २०७५ असारसम्मको म्याद राखेको थियो । त्यसयता यातायात ब्यवसायीले आफ्ना मागहरु पुरा नभई दर्ता हुन अप्ठ्यारो भएको बताउँदै आएका थिए । गत फागुनमा सरकारले सार्वजनिक यातायातलाई कम्पनीमा दर्ता हुन सहजीकरण गर्नका लागि कम्पनी ऐन २०६३ को दफा ९ मा संशोधन गरी दफा ९ को उपदफा १ पछि उपदफा १ क थपेको थियो ।
महासंघले सरकारसँगको सहमति अनुसार ५ दिन भित्रमा समिति तथा संघहरुलाई कम्पनीमा दर्ता हुनका लागि सार्वसजनिक सुचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको हो ।
सरकारले पछिल्लो समय फागुन १९ गते उक्त ऐन संशोधन गरको ३ महिना अर्थात जेठ १९ गतेसम्म सबै समितिलाई कम्पनीमा जानका लागि म्याद थपिएको थियो । हाल नेपालभर महासंघमा आवद्ध २९४ ओटा यातायात ब्यवसायी समिति तथा संघहरु छन ।