अत्तरिया - चार्डपर्व संगै दिनप्रति दिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय कैलालीले जिल्लामा यहि भदौ ४ गतेदेखी निषेधाज्ञा जारी गरेको छ । आज निषेधाज्ञा जारी भएको आज पाचौँ दिन पुगेको छ ।
यही भाद्र १४ गते सम्मको लागी जारी गरिएको निषेधाज्ञाका कारण कैलालीका प्रमुख ब्यापारी केन्द्रहरु ठप्प रहेकाले शहर बजारहरु सुनसान बनेका छन् । यता सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारीक केन्द्र एबम् प्रदेको राजधानीसंग जोडिएको अत्तरियामा निषेधाज्ञाको उल्लंघन बढ्दै गएपछि प्रहरीले थप कडाई गरेको छ ।
निषेधाज्ञा लागु पछि सबै क्षेत्र ठप्प रहेका बेला अत्तरिया बजारमा रहेका पसलहरु बन्द भएपनि बिभिन्न बाहानामा मानिसहरु निर्धक्कका साथ हिडडुल गर्न थालेपछि ईलाका प्रहरी कार्यालय मालाखेतीले थप कडाई गरेको हो । जिल्ला प्रशासनले अतिआवश्यक काम बाहेक सबै सेवा बन्द रहेको र बिना काम घर बाहिर ननिस्कन आग्रह गर्दा पनि सर्वसाधारणले अटेरी गर्न थालेपछि उनीहरुलाई कानुन अनुसार कारबाही गर्ने गरि बजार क्षेत्रमा थप कडाई गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले मंगलबार मात्रै निषेधाज्ञाको उल्लंघन गर्दै संचालन भएका १ सय ६ बटा सवारी साधनहरु नियन्त्रणमा लिएको बताए ।
अत्तरिया बजार , गेटा , गोदावरी , चौकीडाँडा , मसुरिया , चौमाला , स्याउले लगाएतका क्षेत्रमा निषेधाज्ञाको उल्लंघन गर्दै संचालन भईरहेका सवारी साधनहरु नियन्त्रणमा लिईएको उनको भनाई छ । जसमा मोटरसाईकल ४१, अटोरिक्सा ७ , कार ५ , भ्यान, जेसेवि र ट्याक्टर १\ १ वटा नियन्त्रणमा लिएको हो ।
'साझँ र बिहानको समयमा मानिसहरु बढी बजार तिर निस्किरहेका हुन्छन , हामीले सुरुको दिनमा त सम्झाई बुझाई पठाएका थियौ तर पछि पनि उल्लघंन गर्नेहरु बढ्दै गएपछि हामीले चारै तिर प्रहरीलाई खटाएर निकै कडाई गरेका छौ' उनले भने - 'यस्तो बेला त सर्बसाधरण आफैले बुझ्ने हो नि हामीलाई देखेपछि मात्रै भाग्ने , लुक्ने गरेर संक्रमण नसर्ने हो र ।'
उनले नियन्त्रणमा रहेका सवारीका चालकहरु मध्ये बिना काममा हिडडुल गर्नेहरुमाथि संक्रामक रोग अनुसार कानुनी कारबाही गरिने बताए । उनले सबैलाई बिना काममा घर बाहिर ननिस्किन र प्रशासनको नियमलाई पालना गर्न सबैमा आग्रह समेत गरेका छन् । कैलालीमा सबै भन्दा बढी संक्रमितहरु रहेको गोदावरी नगरपालिकामा अझै पनि दिनप्रति दिन कोरोना कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि सर्वसाधारणहरुले बेवास्था गर्दै आएका छन् ।
प्रशासनले निषेधाज्ञा जारी गर्दा बजार क्षेत्रका सम्पुर्ण पसलका संचालकहरुले आफ्नो कारोबार ठप्प गरेर घर बसेपनि सर्वसाधारणहरु भने बिभिन्न बाहानाबाजीमा बजार क्षेत्रमा निस्किरहेको देखिएको छ ।