अत्तरिया - नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको बेला सुदूरपश्चिम समाज दक्षिण कोरियाले बाजुराका दुई वटा स्थानिय तहलाई आईसोलेसन बेड सहयोग गरेको छ । समाजले संक्रमितहरुको संख्या बढीरहेको अबस्थामा उपचारमा सहजता होस भन्ने हेतुले बाजुराको बुढिगंगा नगरपालिका र स्वामी कार्तिक खापर गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्रलाई १०÷१० वटा गरि २० वटा आईसोलेसन बेड सहयोग गरेको हो ।
खापर गाउँपालिकामा बाढि पहिरोका कारण आईसोलेसन बेड ढुवानी गर्न समस्या भएको छ भने बुढिगंगा नगरपालिकामा बेड पुञ्याएर नगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ । बिपदका बेला देश बाहिर रहेकाहरुले पनि आफ्नो प्रदेशका लागि र अझ आफ्नो नगरपालिकाका लागि आईसोलेसन बेड सहयोग गरेको भन्दै बुढिगंगा नगरपालिकाले समाजलाई धन्यवाद दिएको छ ।
उक्त बेडहरु खरिदमा कुल ३ लाख रुपैया नेपाली खर्च भएको समाजले बताएको छ । जसमा २ लाख रुपैया सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा आयोजित सेती महाकाली कार्यक्रमवाट उठेको र १ लाख रुपैया सहयोग अभियान संचालन गरेर सकलन गरिएको सुप समाज महासचिव ओम साउदले जानकारी दिए ।
सो अभियानको सयोजकत्व पुर्व अध्यक्ष कमल ब शाहीले गर्नुभएको थियो भने आर्थिक संकलन निवर्तमान अध्यक्ष लाल ब साउदले गर्नुभएको थियो । ’आपसी एकता सामुहिक उत्तरदायित्व सु.प समाज कोरियाको स्थायित्व’ भन्ने मुलभूत उध्ेश्यका साथ कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरु मिलेर स्थापना गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरिया निरन्तर रुपमा सामाजिक कार्यमा अग्रसर हुदै आएको छ ।
रोजगारीका लागि कोरियामा गएका नेपालीहरुका बिचमा आपसी सद्धभाव र एकता कायम गर्दै सुदूरपश्चिम सहित समग्र नेपाली समुदायको हित र भलाईमा सर्मपित सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा रहेका समस्यालाई मध्येनजर गर्दै समाधानका लागि समाजिक , आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष बिर पालले बताए ।
२०६२ साल २००५ सेप्टेम्बर १९ मा स्थापना भएको उक्त संस्थाले स्थापनाकाल देखी हाल सम्म संस्थाको उध्ेश्य अनुरुप नियमित रुपमा सामाजिक कार्यहरु गर्दै प्रदेशबासीको सारथी बनिरहेको उनले बताए । संस्थाले भरखरै मात्र सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्घुरामा पिसिआर मेसिन एबम् प्रयोगशाला स्थापनाका लागि १० लाख रुपैया सहयोग गरेको थियो ।