अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा भारतका बिरुद्ध राकेजुलुस सहित बिरोध प्रर्दशन गरिएको छ । भारतले नेपाली भूमि लिपुलेकलाई मिचेर बाटो निर्माण गरेको भन्दै नेपाल बिधार्थी संघ क्षेत्र नं ४ र तरुण दल गोदावरी नगरकमिटिले संयुक्त रुपमा राकेजुलुस सहित बिरोध प्रर्दशन गरेको हो ।
सयौको संख्यामा रहेका नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरुले भारतिय बिस्तारवाद मुर्दाबाद , बिदेशमा रहेका नागरिकलाइ स्वादेस फिर्ता गर , नालायक सरकार मुर्दाबाद ,के.पि तेरो पाराले दुख पायो साराले , लिपुलेक, कालापानी हाम्रो हो , भुमी मिच्न पाइदैन भन्ने जस्ता चर्को नारा लगाउदै भारतिय प्रधानमन्त्री नरेद्र मोदीको पुत्ला समेत दहन गरेका थिए ।
भारतले पटक पटक नेपाल प्रति हेपाह प्रबित्ति राख्दै नेपालको भूभागलाई अतिक्रमण गरिरहेकाले त्यसका बिरुद्धमा राकेजुलुस सहित बिरोध प्रदर्शन गरिएको नेविसंघ क्षेत्र नं ४ का सभापति गणेश शाहले जानकारी दिए । उनले देशको भूमि भारतले मिचेर बाटो बनाएर उद्धघाटन समेत गरेको अबस्थामा नेपाल सरकार चुप लागेर जनताको आखामा छारो हाल्ने काम मात्रै गरिरहेको आरोप लगाए ।
उनले नेपालको भूमि अर्काले लगिरहेको अबस्थामा दुई तिहाइको सरकार आफ्नै कार्यकर्ता पाल्न र पार्टी भित्र मिलाउनमै रहेको बताए । प्रर्दशन पछि आयोजित कोण सभालाई नेविसंघका क्षेत्रिय सभापति गणेश शाह , नेपाल तरुण दल गोदावरी नगरकमिटिका अध्यक्ष शंकर खड्का र नेपाल कागे्रश गोदावरी नगरकमिटिका सचिब तेज खड्काले सम्बोधन गरेका थिए ।
उनीहरुले कोरोना संक्रममीतको संख्या तिब्र गतिमा बढीरहेकोले देशभर परिक्षणको दायरा बढानुपर्ने , भारत तथा तेस्रो मुलुकमा अलपत्र रुपमा नेपालीहरुको तुरुन्त उद्धार गरी ब्यबस्थापन गर्नुपर्ने र लकडाउन लम्बिदै गैरहेको अवस्थामा पिडितलाई उचित राहतको ब्यबस्था गर्न माग समेत गरेका छन् ।