अत्तरिया – कैलालीमा कोरोना भाईरस संक्रमितको संख्या बढे संगै गोदावरी नगरपालिकाले पनि उच्च सतर्कता अपनाउन थालेको छ । पछिल्लो समय कैलालीमा मात्रै ४ जना र कन्चनपुरका एक जनामा कोरोना संक्रमणको पुष्टि भएपछि गोदावरी नगरपालिका पनि उच्च सतर्कता अपनाईएको छ ।
कोरोनाको न्युनिकरणका बिषयमा मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदको अध्यक्षतामा बसेको बैंठकले नगरपालिकामा थप क्वारेन्टाईन थप्नका लागि तयारी गर्ने निर्णय गरेको छ ।
गोदावरी नगरपालिकामा हाल १४० वेडको क्वारेन्टाईन रहेकोमा त्यसको संख्या थप गर्न आवश्वक तयारी गरिरहेको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सीं साउँदले बताए । ‘हामीसंग अहिले १४० वेडको क्षमताका क्वारेन्टाईन छन ।
‘अहिलेकै अवस्थामा थप क्वारेन्टाईन बनाउन आवश्यक छैन ।’ नगरप्रमुख साउँदले भने –‘तर त्यस्तो परिस्थिति आईहाले यस क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुलाई क्वारेन्टाईन बनाउने तयारी गर्दै छौ ।’ उनले यसै बिषयमा छलफल गर्न आज नगरपालिकाको बैठक पनि बसेको र यस क्षेत्रमा रहेका बिभिन्न विद्यालयहरुलाई क्वारेन्टाईन बनाउन सक्ने बिषयमा छलफल भएको बताए ।
आज बसेको बैठकले पनि क्वारेन्टाईन निर्माणका लागि थप भवन पहिचान गर्ने निर्णय गरेको थियो । गोदावरी नगरपालिकाको सैनिक आवासिय माविमा १२० र मालाखेती अस्पतालमा २० वेडको क्वारेन्टाईन रहेको छ ।
मालाखेती अस्पताललाई आईसोलेसनमा रुपान्तरण गर्ने तयारी
गोदावरी नगरपालिका मातहत रहेको मालाखेती अस्पताललाई पनि आईसोलेसन बनाउने तयारी गरिएको छ । अहिले अस्पतालमा २० वेडको क्वारेन्टाईन रहेकोमा त्यसैलाई आईसोलेसनमा रुपान्तरण गर्ने तयारी थालिएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख साउँदले जटिल परिस्थिति आईहाले मालाखेती अस्पतालमा रहेका क्वारेन्टाईनलाई आईसोलेसनमा रुपान्तरण गरिने बताए ।
मालाखेती अस्पतालमा प्रमुख डा. पदम प्रकाश बेद शर्माले अहिले अस्पतालको क्वारेन्टाइनमा ५ जना रहेकाले उनीहरु घर गएपनि क्वारेन्टाईनका लागि प्रक्रिया अगाडी बढाउने तयारी भएको बताए । गोदावरी नगरपालिकामा अहिले सुदूरपश्चिम सामुदायिक अस्पतालमा २० वेडको आईसोलेसन कक्ष रहेको छ ।
वडा वडामा -यापिड टेष्ट
गोदावरी नगरपालिकामा सोमबार सम्ममा १२९ जनाको ¥यापिड टेष्ट गरिएको छ । जसमा सबैको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाले अहिले प्रत्येक वडा वडामा गएर ¥याडिड टेष्ट गरिरहेको छ । भारतबाट आएर घरमै बसेकाको नगरपालिकाले वडा वडामा गएर ¥यापिड टेष्ट गरिरहेको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुवरले बताए ।
‘भारतबाट आएर घरमा सेल्फ क्वारेन्टाइनमा बसेकाको ¥यापिड टेष्ट गर्न टोली परिचालन गरेका छौं ।’ उनले भने ‘अहिले सम्म परिक्षण गरेका सबैको नेगेटिभ आएको छ ।’
गोदावरी नगरपालिकाका सुचना अधिकारी बिष्णु जोशीले अहिले सम्म वडा नम्बर ५ मा ४ जना, वडा नम्बर ६ मा २८ जना, वडा नम्बर ७ मा, २४ जना, वडा नम्बर ८ मा १४ जना र वडा नम्बर ९ मा ५६ जनाको ¥यापिड टेष्ट गरिएको बताए । त्यस्तै मालाखेती अस्पतालमा १७ जनाको ¥यापिड टेष्ट गरिएको छ ।
सैनिक आवासिय मावि तेघरीमा पन २१ जनाको ¥यापिड टेष्ट संगै पीसीआर टेष्टका लागि थ्रोड स्वाव संकलन गरिएको छ । ¥यापिड टेष्टको नतिजा नेगेटिभ आएपनि थ्रोट स्वावको नतिजा भने आउन बाकी रहेको छ ।
लकडाउनमा कडाई
गोदावरी नगरपालिकाले कोराना भाईरस रोकथामका लागि गरिएको लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीलाई सवारी साधन दिने भएको छ । मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदको अध्यक्षतामा बसेको बैंठकले प्रहरीलाई व्यापक रुपमा परिचालन गर्न सवारी साधन उपलब्ध गराउने निर्णण गरेको हो ।
जस अन्तगर नगरपालिकाले २ ओटा मोटरसाईकल र २ ओटा पिकअप भ्यान प्रहरीलाई उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै बैककले बजारका भित्री बाटाहरुमा प्रहरी परिचालन गर्ने, प्रत्येक वडाहरुमा बिहान ७ बजेदेखि दिउँसो ३ बजे सम्म माईकिङ गर्ने निर्णय गरेकोे छ ।