अत्तरिया - सुदुरपश्चिम प्रदेश सरकारले लकडाउनका कारण मारमा परेका सुदूरपश्चिमका बेसाहारा , अति बिपन्न , मजदुर परिवारलाई राहत स्वरुप खाध्य सामग्री बितरणको कार्यक्रम सुरु गरेको छ । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशका विभिन्न ठाउँहरुमा उक्त राहत वितरण आजदेखी सुरु गरिएको हो ।
धनगढीमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले र अन्य ठाउँमा सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले बिभिन्न सँग संस्थाका प्रतिनिधीको उपस्थीतीमा राहात बितरण गरिएको हो ।
विश्वब्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण अनाथ , असहाय , टुहुरा , सुस्तमनस्थिती र अपाङगता भएका ब्यक्तिहरुलाई संरक्षण दिइरहेका कैलालीका बिभिन्न संघसस्थाहरु समस्यामा परेपछि प्रदेश सरकारले सहयोग गरेको हो ।
समाजिक विकासमन्त्री कृष्णराज सुबेदीका स्वकिय सचिब लोकेन्द्र धामीका अनुसार अत्तरिया रहेको सुदूरपश्चिमका बिभिन्न जिल्लाका अपाङगता भएका बालबालिकाहरु आवाशिय रुपमा अध्यनरत सु.प समाबेशी आधारभूत बिधालय , अनाथ एबम् असहाय बालबालिकाहरु बस्ने महिला तथा बालबालिका सेभ हाउस , धनगढीको मानब सेवा आश्रम , दृष्टि फाउण्डेशन र बर्दगोरियामा रहेको सडकको पेटीमा हिड्दै आएका सुस्त मनस्थिती भएका ब्यक्तिहरुलाई संरक्षण दिदै आएको साहारा घरमा राहत वितरण गरिएको हो ।
उनले चामल , दाल , नुन , तेल गरि दैनिक आवश्यक पर्ने सबै खाध्यान्नहरु मिलाएर बनाएका कठ्ठाहरु प्रत्येक ठाँउमा १ सयका दरले गरी ५०० कठ्ठा बितरण गरिएको बताए ।
उनले यो कार्यक्रम आजवाट सुरु गरिएकोमा अब हरेक दिन बिभिन्न ठाउँहरुमा बितरण गरिदै जाने बताए । उनले लकडाउनका कारण मारमा परेका बिपन्न बर्ग , सुकुम्बासीबस्ती लगाएतका ठाउँहरुमा पनि राहत बितरण गर्दै जाने बताए । यो बिषम परिस्थितीमा सरकारका तर्फवाट राहत पाएको भन्दै सम्पूर्ण संघसंस्थाहरुले धन्यवाद दिएका छन् ।