अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले २५ जनालाई क्वारेन्टाईनमा राखेको छ । भारतबाट आएका २१ जनालाई मालाखेती अस्पतालको क्वारेन्टाईनमा राखिएको छ भने ४ जनालाई सैनिक आवासीय मावि तेघरीको क्यारेन्टाईनमा राखिएको गोदावरी नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाईनमा राखिएका मद्ये गोदावरी नगरपालिका वडा नम्बर १ बाट ७ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर ३ बाट ८ जना, वडा नम्बर ४ बाट १ जना, वडा नम्बर ७ बाट १ जना, वडा नम्बर ८ बाट १ जना, वडा नम्बर ९ बाट २ जना, वडा नम्बर १० का ३ जना र दार्चुलाका १ जनालाई क्वारेन्टाईनमा राखिएको गोदावरी नगरपालिकाका सुचना प्रबिधि अधिकृत नारायण बढुले जानकारी दिएका छन ।
त्यस्तै नगरपालिकाले ४ सय ८७ जना भारतबाट आएकाको तथ्याङ्क संकलन गरेको छ । सोमबार सम्म संकलन गरिएको तथ्याङ्क अनुसार नगरपालिकाको वडा नम्बर १ मा ३८ जना, वडा नम्बर २ मा ४० जना, वडा नम्बर ३ मा ३९ जना, वडा नम्बर ४ मा २१ जना, वडा नम्बर ५ मा ७ जना र वडा नम्बर ६ मा ४० जना रहेका छन । त्यस्तै वडा नम्बर ७ मा २२ जना, वडा नम्बर ८ मा १५ जना, वडा नम्बर ९ मा ४१ जना, वडा नम्बर १० मा १०० जना, वडा नम्बर ११ मा ४९ जना र वडा नम्बर १२ मा ७५ रहेको नगरपालिकाका सुचना प्रबिधि अधिकृत बढुले बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले भारतबाट आएर नगरपालिकाले क्वारेन्टाईनमा राखेका बाहेक सबैलाई सेल्फ क्यारेन्टाईनमा बस्न लगाइएको बताए । उनले प्रत्येक वडाका वडाअध्यक्ष मार्फत परिचालन गरिएको टोलीले सबैको निगरानी गरिरहेको बताए ।
गोदावरी नगरपालिकामा मालाखेती अस्पतालमा २० वेड र सैनिक सैनिक आवासीय मावि तेघरीमा १२० वेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने सामुदायिक अस्पताल अत्तरियामा २० वेडको आईसोलेसन वार्ड तयार पारिएको छ ।