भारतबाट फर्किने नेपालीहरुको सीमा क्षेत्रमा लर्को लागिरहेका बेला भारतको बेङ्गुलोरमा रहेका बैतडीका हरी बयानी भने घर फर्केनन् । बरु उनी अहिले भारतैमै काम गर्ने होटलले दिएको कोठामा सुरक्षीत बसेका छन । ‘घर आउन मन त थियो । यस्तो संकटका बेला सबैलाई परिवार संग बस्ने रहर त हुन्छनै ।’ उनले भने ‘पहिलेनै घर गएको भए हुन्थो आईएन् अब संक्रमण फैलिसकेको छ । यस्तो अवस्थामा घर जाँदा झन जोखिम हुने सोचर कोठामै सुरक्षित बसेको छु ।’
उनले होटलमा काम बन्द भएपछि आफू सहित घर नफर्केका केहि नेपाली सहित होटलले दिएकै कोठामा सुरक्षीत रुपमा बसेको बताए । ‘काम बन्द भएपछि केहि साथिहरु घर आए । हिजो मात्रै आएका साथिहरु अहिले दिल्ली बसपार्क र नेपालका सीमा नाकामा अलपत्र परेका छन । उनीहरुलाई नजाउ भन्दा भन्दै पनि मानेनन् ।’ बयानीले भने ‘मलाई पनि घरमा आउन परिवारबाट दवाव आईरहेको छ । मैले यस्तो संक्रमण फैलिरहेको बेला बाटोमा झन संक्रमण फैलिने डरले आएन ।’
उनले आफू कोठामा सुरक्षित रुपमा बसेकाले बाटोमा भिडभाडमा आउँदा झन खतरा हुने सोचेर घर आउन नचाहेको बताए । ‘बाटोमा संक्रमण भए त्यसबाट आफू संगै घरमा पनि संक्रमण फैलिने खतरा रहन्छ ।’ उनले भने ‘बाटोमा जसोतसो गरेर जानु मात्रै ठुलो कुरा होईन । घर जाँदा बाटोमा आफैलाई संक्रमण फैलिए के गर्ने ?’ उनले घरमा आफूले भारतबाट जसोतसो गरेर घर आईरहेकाहरुको संम्पर्कबाट टाढा बस्न सुझाव दिने गरेको बताए ।
‘अहिले सबै संचार माद्यम, समाजिक संजालमा कोरोना भाईरसको बारेमा जानकारी पाईरहेका छै । नेपालले पनि संक्रमण फैलीन नदिन सीमानाका बन्द गरेको छ ।’ उनले भने ‘यी सबै कुरा थाहा पाउँदा पाउँदै पनि केहि साथिहरु घर गए अहिले कोही बाटोमै अलपत्र परेका छन, रोग संक्रमणको जोखिममा परेका छन ।’
उनले भारत सरकारले पनि कोरोना संक्रमण फैलिन नदिन निकै कडाई गरेकाले आफू सरकारले लागु गरेका नियम पालना गरेर सुरक्षित हुने विश्वासमा रहेको बताए । उनले अहिले सम्म होटलले नै खाने बस्ने व्यवस्था गरेकाले समस्या नभएको बताए । ‘अहिले सम्म त्यस्तो समस्या छैन । होटलमा काम बन्द भएपनि होटलले घर जाने जाउ नजानेले होटलमै खाना बनाएर खान भनेको छ ।’ लुहारले भने ‘अहिले सम्म राम्रै छ, हामीलाई नेपाली भनेर कुनै फरक व्यवहार गरिएको छैन । अहिलेको अवस्था साम्य भयो भने घर आउने सोच बनाएको छु ।’
उनले भारतमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पुग्ने नै होईन भने जस्तो गरेर भारतमा सुरक्षित हुँदा हुँदै पनि असुरक्षित तरिकाले नेपाल फर्किन खोज्नु गलत भएको बताए ।
‘भारतमा काम गरेर खाने नेपालीलाई समस्या त परेको छ, तर केहि दिन समस्या संग जुधेर भएपनि बस्न सक्नु पर्छ ।’ उनले भने ‘बरु नेपाल सरकारले कसरी नेपालीलाई सुरक्षित तरिकाले नेपाल लग्ने भनेर पहल गर्नु पर्छ । अहिलेको जस्तो असुरक्षित तरिकाले नेपाल फर्किदा आफू र देश जोखिममा पर्छ ।’
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका कारण अहिले विश्व आक्रान्त बनेको छ । कोरोनाका भाईरसको संक्रमण भारतमा पनि फैलिसकेको छ । कोरोना भाईरसका संक्रमण फैलिएपछि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन । जसले गर्दा नेपालमा लकडाउन गर्दा पनि सुदूरपश्चिमका गड्डाचौकी, र गौरीफन्टा नाकामा नेपाल फर्किनेको भिड लागेको छ । जसले गर्दा सयौको संख्यामा मानिसहरु एक ठाउँमा जम्मा हुँदा कोरोना भाईरस संक्रमणको खतरा झनै बढेको छ ।
(यो सामग्री बयानीले गोदावरी न्युज संग गरेको कुराकानीको अधारमा तयार पारिएको हो ।)